२१,२२,अनि २३मई लाब्दा गुम्बामा हिमाचलप्रदेशका खिवो रिगजिन छेन्मो रिम्पोछेद्वारा अभिषेक वितरण गरिने


khiwo rigzin chenmo rimpoche of himachal pradesh
मङपु१८मई(केशर मोक्तान): प्रतिदिन  घटित बिभिन्न अमानवीय कर्महरुको  रोकथाम एवं मानवीय सतकर्महरुको  सिर्जना एवं सर्वाप्राणी  कल्याण र सुरक्षा हेतु हिमाचलप्रदेश धर्मशालाबाट पाल्नु भएका परम  पवन खिवो रिगजिन छेन्मो रिम्बोछे(पवा ले रेब साल)को बाहुलीबाट आगामी २१,२२,अनि२३मई को दिन स्थानीय दोङाग छ्योइलिंङ सार्वजनिक बौद्ध गुम्बा लाब्दा विभाग मङपुमा तीन दिने अभिषेक(वाङ)वितरण गरिने भएको छ | यसरी उक्त गुम्बामा हिज १६ मई देखि स्थानीय धर्मगुरु उदय लामाको अगुवाईमा बुम पाठ शुरु भएको छ | तीन दिनमा क्रमैले अलग अलग अभिषेक कार्यक्रम हुनेछ | यो अभिषेक सम्पूर्ण मानव जातिको अनि सर्वप्राणी उद्दार,स्वाथ्य अनि समृद्धिको निम्ति गरिने महत्वपूर्ण अभिषेक भएको हुनार्थ सम्पूर्ण भक्तजनहरुले तीन दिनको कै अभिषेक ग्रहण गरेर पुण्यको मार्गमा अग्रसर हुने पूजा आयोजक समितिले निवेदन गरेको छ/यसरी दोङाग छ्योइलिंङ सार्वजनिक बौद्ध गुम्बामा तीनदिने अभिषेक पछि २४ मईको दिन बुद्ध जयन्तीपूजा अर्चना अनि २५ मईको दिन  २५५५वा  बुद्दजयन्ती पालन अनि बुम परिभ्रममको कार्यक्रम सम्पन्न हुने भएकोले सम्पूर्ण भक्तजनहरुलाई गुम्बा पूजा आयोजक समिति हार्दिक स्वागत जनाउदछ | 

प्रतिदिन घटित बिभिन्न अमानवीय कर्महरुको रोकथाम एवं मानवीय सतकर्महरुको सिर्जना एवं सर्वाप्राणी कल्याण र सुरक्षा हेतु हिमाचलप्रदेश धर्मशालाबाट पाल्नु भएका परम पवन खिवो रिगजिन छेन्मो रिम्बोछे(पवा ले रेब साल)को बाहुलीबाट आगामी २१,२२,अनि२३मई को दिन

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.