मङपु मोटर कर्मचारी कल्याण संगठनको बार्षिक सभा

हिज मङपु मोटर कर्मचारी कल्याण संगठनको  सभा स्थानीय सनराईज नर्सरी स्कूलमा हर्क पाख्रीनको  अध्यक्षतामा सम्पन्न भयो | सभामा  पुरानो कमिटीलाई बिगठन गरि  नयाँ समिति गठन गरियो | यसरी नयाँ कमिटि गठन हेतु आर.बी.रसाईलीलाई चुनावी सभाको अध्यक्षता चयन गरिए पश्चात सम्पूर्ण चालक संघका सदस्य सदस्यवार्गले आआफ्नो मत खसाले जसको फलाफल अनुसार निम्न व्यक्तिहरुलाई चयन गरियो | नवगठित कमिटिमा सभापति,हर्क पाख्रिन सचिव अनील थापा, उपसभापति पवन थापा, उपसचिव सन्दिप राई,प्रमुख सलाहकार पेमा वाङदी,आर.बी.रसाइली,कपिल लोहार,लेखापरीक्षक सुबाष योन्जन,अनि कोषाध्यक्ष मनोज कुमार सुब्बालाई चयन गरियो | सभामा चुनाव प्रक्रियालाई अन्त भएको घोषणा गर्दे संगठनका सम्पूर्ण सदस्यवर्गलाई राम्रो संग संचालन गर्न सहयोग गर्ने अपील राख्दै नया समिति पदअधिकारीलेअझ   राम्रो काम गर्ने आर.बी. रसाइलीले सबैलाई अपील गरे | यसरी मङपु मोटर कर्मचारी संगठनका भू.पू. सभापति कुलदीप मोक्तान अनि नवगठित समितिका सभापति सचिवले पनि दुई शब्द राख्दै सभाको अन्त गरे |

हिज मङपु मोटर कर्मचारी कल्याण संगठनको सभा स्थानीय सनराईज नर्सरी स्कूलमा हर्क पाख्रीनको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.