ज्ञानपीठ बिध्यालयमा एघारौं श्रेणी शैक्षिक सत्रको निम्ति फर्म वितरण शुरु

मङपु२९मई(केशर मोक्तान): मङपु सरस्वती  उच्चतर माध्यमिक बिद्यालय पछि अब स्थानीय ज्ञानपीठ बिध्यालयमा पनि एघारौं श्रेणीको निम्ति शैक्षिक सत्र शुरु हुने भएको छ | ज्ञानपीठ बिध्यालयमा यस बर्षदेखि एघारौं श्रेणीको कक्षा संचालन गरि कला विभाग सित भूगोल बिषय संचालन गर्ने जानकारी बिध्यालयका प्राचार्य बी.के.गुरुङले दिएका छन | यस प्रथम सत्रमा बिद्यालयको एघारौं श्रेणीमा अध्ययन गर्ने छात्र छात्रावर्गको निम्ति आज २९मई देखि स्थानीय बिध्यालयमा  भर्ना फर्म वितरण गर्ने कार्य शुरु  भएको छ | यसरी आगामी १० जुन देखि एघारौं श्रेणीको निम्ति पठन पाठन शुरु हुने जानकारी स्कूल कृतपक्षले जानकारी दिएका छन | उक्त ज्ञानपीठ विद्यालय १९८३ सालमा स्थापित भएका थिए भने २००० साल देखि माध्यमिक अनि यस बर्ष २०१३ देखि उच्चतर माध्यमिक शैक्षिक सत्र पनि शुरु भएको छ | यसरी मङपुको शैक्षिक स्तरलाई माथि पुराउँदै यस बर्ष देखि स्थानीय ज्ञानपीठ बिद्यालयले एघारौं श्रेणीको निम्ति शैक्षिक सत्र शुरु हुने भएकोमा बिद्यालय संचालन समिति अनि बिद्यालय परिवारप्रति अभिभावकगणले आभार व्यक्त गरेका छन | यस्तै गरि अब मङपुमा अब दुईवटा उच्च माध्यमिक सातवटा माध्यमिक बिद्यालय भएको छ | स्मरण रहोस गत बर्ष देखि मङपु सरस्वती विद्यालयमा एघारौं श्रेणीको निम्ति बिज्ञान विभाग पनि शुरु भएको छ भने मङपुमा अब कमर्स लिएर पढ़ने छात्र छात्राको निम्ति कमर्स विभागको पनि आवस्यकता रहेको छ यसर्थ यस बिषयमा सम्बन्धित बिभागले झट्टै पहल गर्न नितान्त आवश्यक देखिन्छ | पचास हजार भन्दा अधिक जनसंख्या भएको ठाउँ मङपुमा अब एउटा महाबिद्यालयको पनि अति नै आवस्यकता रहेको कुरो स्थानीय बिध्यार्थीवर्ग अनि अभिभावकगण  बताउछन |

मङपु सरस्वती उच्चतर माध्यमिक बिद्यालय पछि अब स्थानीय ज्ञानपीठ बिध्यालयमा पनि एघारौं श्रेणीको निम्ति शैक्षिक सत्र शुरु हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.