ज्ञानपीठ बिध्यालयमा क्यानसर रोग़ साथै पर्यावरण बिषयमा सचेतना शिबिर

मङपु८जुन(केशर मोक्तान): वि विथ यू दार्जीलिंग अनि  रङबी ज्ञानपीठ बिध्यालय  मङपु( We with you, Darjeeling and Jnanpith High School, Rungbee Div. Mungpoo) को सयुक्त तत्वाधान आज स्थानीय बिद्यालयका बिद्यार्थीहरुलाई लिएर क्यानसर रोग़ सम्बन्धमा  सचेतना शिबिर सम्पन्न भयो | यसरी क्यानसर रोग़पीडित रोगीहरुलाई ५०रु.तथा१००रु भन्दा माथि आर्थिक  चन्दासंग्रह गर्ने स्कूलका बिद्यार्थीहरुलाई वि विथ यू संस्थाले ब्याज,प्रसस्तीपत्र अनि स्कूलब्याग  आदि दिएका थिए भने उक्त प्रसस्तीपत्र सहित अन्य समान बिद्यालयका बिध्यार्थीवर्गलाई प्रधानअध्यापक बी.के.गुरुङको बाहुलीबाट आज वितरण गरियो | क्यानसर जस्ता प्राणघातक रोगको प्रतिरोध गर्न साथै पर्यावरणको जगेरा गर्न सबै शिक्षित नागरीक सधैँ अघि आउनु पर्ने संदेश पनि प्रधानअध्यापक गुरुङले सम्पूर्ण बिध्यार्थीवर्गलाई दिए | अर्कोतिर विश्व पर्यावरण दिवशको अवसरमा रङबी ज्ञानपीठ बिध्यालय वरिपरि रोपिएको बिभिन्न प्रजातिको वृक्षहरुलाई सहशिक्षक सुजित थापाको अगुवाइमा स्कुलका नानीहरुले मलजल लगाउनको साथै गोड़गाड़ पारे | हरियो बन सबैको धन भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दे बिध्यार्थीवर्गले बिभिन्न प्रजातिको वृक्षहरूको साफसफाई गरे | 

वि विथ यू दार्जीलिंग अनि रङबी ज्ञानपीठ बिध्यालय मङपु( We with you, Darjeeling and Jnanpith High School, Rungbee Div. Mungpoo) को सयुक्त तत्वाधान

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.