मङपु११जुन(केशर मोक्तान): हरियो बनसबैको धन भन्ने
मूल मन्त्रलाई शिरोपर गर्दे स्थानीय सेन्ट एन्थोनी
स्कूलका(St. Anthony School,Mungpoo) नानीहरु, शिक्षक
शिक्षिकागण साथै अभिभावकगणले
वृक्षरोपण गरे | बिश्व पर्यावरण
दिवशलाई केन्द्र गरेर प्रत्यक
बर्ष बिधालय परिवारले वृक्षरोपण
गर्नको साथै गत बर्ष लगाएको
वृक्षलाई साफसफाई गर्दे
आइरहेका छन | गत तीन बर्ष अगि
बिधालय परिवारले स्थानीय लाब्दा
विभागको जंगलमा रोपिएको औषधीमूलक
पौद्दहरु जस्तै हर्रा,बर्रा
अनि अमालको वृक्षरहरुलाई आज
पनि बिद्यार्थीहरुले गोड़ गाड़
गरि साफसफाई गरे | विश्व पर्यावरण
दिवशलाई केन्द्र गरेर प्रत्यक
बर्ष सेन्ट एन्थोनी स्कूलका
नानीहरु साथै शिक्षक शिक्षिकागण
वृक्षरोपण गर्दे आइरहेका छन | नानीहरुलाई
शिक्षाको साथ साथमा पर्यावरण
सचेतना हुन पनि जरुरी रहेको
कारण नै यस प्रकारको समाजिक
कार्य बिद्यालय परिवारले गर्दे
आइरहेको बिद्यालयका प्राचार्य
सन्तोष विश्वले जनाए |

Post a Comment
We love to hear from you! What's on your mind?