विश्व पर्यावरण दिवशको अवसरमा ब्रिज अफ होप द्वारा साफसफाई

World Environment Day in Mungpoo
मङपु५जुन(केशर मोक्तान): आज विश्व  पर्यावरण दिवशको अवसरमा  ब्रिज अफ होप समाजिक संस्था द्वारा  रेसेप बजार रोड परिसरमा साफसफाई गरियो | प्रोजेक्ट को-अडीनेटर बजेन शेर्पाको अगुवाइमा संचलान गरिएका उक्त साफ सफाई अभियानमा  ब्रिज अफ होप संस्थाका नानीहरु,अभिभावकवर्ग साथै शिक्षक शिक्षाकाहरुले रेसेप बजार रोडको नाली, छयांगखोलाको जनता सौचलाय अनि सडक वरिपरि क्षेत्रमा साफसफाई गरियो | स्मरण रहोस ब्रिज अफ होप संस्थाले समाजिक उथानको निम्ति शिक्षा क्षेत्रमा मात्र नभएर विभिन्न समाजिक कार्यक्रमहरु पनि गर्दे आइरहेका छन | यसरी उक्त संस्थाले विश्व एड्स दिवश, विश्व पर्यावरण दिवश लगायत अन्य दिनहरुमा पनि जनचेतना मुलक कार्यक्रम गर्दे आइरहेको छन |

आज विश्व पर्यावरण दिवशको अवसरमा ब्रिज अफ होप समाजिक संस्था द्वारा रेसेप बजार रोड परिसरमा साफसफाई गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.