एच०एस०मा पनि सरस्वती बिध्यालयबाट सय प्रतिशत उतीर्ण | राहुल गुप्त स्कूल टप्पर

मङपु४जुन(केशर मोक्तान): यस बर्षको उच्च माध्यमिक परीक्षामा  मङपु सरस्वती उच्चतर माध्यमिक बिध्यालयबाट सय प्रतिशत  उतीर्ण भएर मङपुको शैक्षिक  गरिमालाई शिखरमा पुराएका छन | यस पल्ट उक्त बिद्यालयबाट ६७ बिद्यार्थीवर्गले उच्च माध्यमिक परीक्षा दिएका थिए भने ६७ जना नै उतीर्ण भएका छन् | स्मरण रहोस यस पल्टको माध्यमिक परीक्षामा पनि यस बिध्यालयबाट सय प्रतिसत विधार्थीहरु उतीर्ण भएका थिए भने उच्चतर माध्यमिक पनि सय प्रतिसत छात्र छात्रा उतीर्ण भएर स्कुलको नाम रोशन गरेका छन | यस बिध्यालयबाट ६७ प्रतिसत ल्याएर  राहुल गुप्त स्कूल टप्पर बनेका छन भने छात्राहरुमा ६४ प्रतिसत लएर शिल्पा पाण्डे दोस्रो टप्पर बनेका छन | यसरी बिध्यालयबाट माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा सय प्रतिसत बिध्यार्थी उतीर्ण भएकोमा बिद्यालयका प्राचार्य एन.बी. छेत्रीले सम्पूर्ण बिद्यार्थीगण अनि अभिभावकगणलाई बधाई टकराएका छन |

यस बर्षको उच्च माध्यमिक परीक्षामा मङपु सरस्वती उच्चतर माध्यमिक बिध्यालयबाट सय प्रतिशत उतीर्ण भएर मङपुको शैक्षिक गरिमालाई शिखरमा पुराएका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.