मंग्पू - स्थानीय समाचार

गोजामुमो रेसेप शाखाको संगठानिक सभा सम्पन्न 
मङपु२५जुन(केशर मोक्तान): स्थानीय दिपक प्राथमिक पाठशाला भवनमा गोजामुमो रेसेप शाखाको संगठानिक सभा रुपक थापाको अध्यक्षतामा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दे मोर्चा मङपु जोन सचिव रतन लामाले सभाको औचित्य बारे प्रकाश पार्दै पार्टीले जनहितमा आज सम्म गरेको क्रियाकलाप र उपलब्दी बारे व्यापक चर्चा सहित उप्रान्त पार्टीको रणनीति बारे सभामा अवगत गराए | यथाक्रमले गत दिन सिटोंङमा भएको घटनाक्रमलाई उल्लेख गर्दे सो पूर्णनियोजित रहेको र गोजमुमोको छविलाई धमिल्याउने प्रयास गरिरहेको बताउदै यस्ता  असामाजिक तत्वहरुको  भत्सर्ना जनाए | सभालाई सम्बोधन गर्दे दा.ता.डु.पला.ले.यू.सिन्कोना जोन सचिव गगन राईले तृणमूल सरकारले श्रमिकवर्गको समस्या माथि आखा चिम्लेर अवहेलना गर्दे गोर्खाल्याण्डको मुद्दालाई शिथिल बनाउन राजनीति गरिरहेको आरोप लगाए | पश्चिम बंगालको तृणमूल सरकारले गोजमुमोलाई कलंकित पार्न हेतु रुपिया दिदै प्रशासनको भरमा मान्छे लगाएर मोर्चालाई बदनाम गराउने जुन षडयन्त्र अहिले भईरहेछ त्यसको घोर बिरोध एवं प्रतिवाद जनाउदै यस्तो परिस्थतिमा संगठानिक एकतालाई सुदिर्ड बनाइराख्ने अपील गरे |  मङपु मोर्चा जोन सभापति प्रदीप छेत्रीले पनि आफ्नो सम्बोधनको क्रममा सिटोंङ काण्ड पूर्व नियोजित र यहाको शान्तिमय श्रीखलालाई बिगार्ने प्रयास गरेको आरोप लगाए | बिशोर कार्कीले संचालन गरेको यस सभामा शाखा सचिव अनील छेत्री अनि यूनियन रेसेप शाखा संजीब देवानले पनि सम्भाषण राखे | आजको सभामा मोर्चा  कार्यकर्ताहरुले सिटोंङमा भएको घटनाको एवं मङपु लाब्दा समष्टिका सभासद रतन थापा माथि लगाएको आरोपको घोर बिरोध जनाए | सभामा मङपु जोन कानुनी सल्हाकार राम पोख्रेल,भूपाल मोक्तान,जे.पी.टी.ओं.क्षेत्र समिति सचिव सुदेश थापा रेसेप नारी मोर्चा सभानेत्री शकुन मुखिया  लगायत पार्टिका अन्य कार्यकर्ता उपस्थित रहेका थिए |
 

सिन्कोना औकाश प्राप्त  श्रमिक एम.के.राईले १८ महीना देखि पेन्सन नपाएको गुनासो

मङपु२१जुन(केशर मोक्तान)
मङपु लाब्दा विभाग निवासी सिन्कोना बगान औकास प्राप्त श्रमिक ७१ बर्षिया  बृद्ध मणिकुमार राईले  आफूले १८ महीना देखि पेन्सन नपाएको गुनासो व्यक्त गरेका  छन | उनले जनवरी २०१२ देखि जून २०१३ सम्ममा पनि सरकारी पेन्सन नपाएकोले धेरै नै दुख कष्ट झेल्न परिरहेको दुख व्यक्त गरे | उनले आफूले सिन्कोना बगानबाट २००३ सालमा औकश प्राप्त गरे पछि मङपु डाकघरबाट २०११ डिसेम्बर सम्म आफूले प्रति महीना ६ सय ९१ रुपियाँ गरेरे पेन्सन थापीरहेको बताउदै गत जनवरी २०१२ साल  देखि भने आफूले पूर्ण रुपले पेन्सन नपाएको दुखेसो व्यक्त गरे | यसरी सिन्कोना बगान औकासप्राप्त अन्य धेरै जना श्रमिकवर्गले पनि पेन्सन नपाएको गुनासो रहेको छ | मङपु डाकघरबाट सरकारी ब्यांकमा औकासप्राप्त श्रमिकवर्गको पेन्सन पासबुक स्थान्तर गरेको कारण नै उनीहरुले पेन्सन नपाएको एम.के.राईले जनाएका छन | तर जनवरी २०१२ देखि जून २०१३सम्म १८ महिनाको   सय भन्दा अधिक औकासप्राप्त श्रमिकवर्गको पेन्सन कहाँ जादैछ यसको आज सम्म लेखा जोखा भएको छैन | यदी औकासप्राप्त श्रमिकवर्गले पेन्सन पाए के पुरानो दरले पाउने कि , इन्ट्रेस्ट जोडेर पाउने यो पनि प्रश्नको बिषय बनेको छ | ६० बर्ष सम्म घाम पानी नभनि कमानमा काम गरेर औकासप्राप्त गरे पछि यसरी बृध्द अवस्थामा पुगेर पेन्सन नपाएकोमा  एम.के राईले दुखेसो प्रकट गर्दे सम्बन्धित बिभागले यस बिषयमा झट्टै ध्यान दिएर  पेन्सन सुबिदा उपलब्ध गाराइदिने मांग गरेका छन |

मङपु मोटर कर्मचारी कल्याण उपसंगठनको गठन 
 
बीचकमान पार्टी कार्यालयमा मङपु मोटर कर्मचारी कल्याण संगठनको  एक सभा संगठनको सल्हाकार पेमा वाङदीको सभापतित्वमा  सम्पन्न भयो | सभामा पुरानो सबकमिटि बिगठन गरि नया  सबकमिटि गठन गरियो | नया  सबकमिटिमा निम्न प्रतिनिधिहरुलाई  पदभार सुम्पियो | सभापति बिकाश  थापा,उपसभापति सुरज प्रधान अनि राजीब गुरुङ,सचिव रोशन पाख्रीन सहसचिव संजीब तामांग अनि   बिरेन थापा, कोषाध्यक्ष सुनील पाख्रीन,महेन्द्र तामांङ,लेखापरीक्षक जोना तामांङ अनि रोमन् तामांङ लगायत दश जनाको कार्यकारिणी सदश्य चयन गरियो | सभामा केन्द्र समितिबाट सभापति हर्क पाख्रीन,सचिव अनील थापा कोषध्यक्ष मनोज कुमार सुब्बा उपस्थित रहेका थिए | सभामा उपस्थित सदश्यहरुलाई सङ्गठन् बिस्तार गर्नको निम्ति एकताको अवश्यकता रहेको महसुस गराउदै सम्पूर्ण मङपु भेकको चालक दाजुभाइलाई एकसुत्रमा बस्ने आव्हान गर्दे सिटोंङमा भएको घटनामा क्षेत्रीय सभासद रतन थापा अनि रोशन गिरी माथि लगाएको आरोपमा मङपु मोटर कर्मचारी कल्याण संगठन घोर भत्सर्ना गर्दे आगामी दिनहरुमा यस्तो कुनै लाल्छना लगाउने कार्य भएमा सम्पूर्ण चालकवर्ग सडकमा उत्रिनेछ भनि सचिव अनील थापाले आरोप लगाए |

गोजामुमो रेसेप शाखाको संगठानिक सभा सम्पन्न | सिन्कोना औकाश प्राप्त श्रमिक एम.के.राईले १८ महीना देखि पेन्सन नपाएको गुनासो | मङपु मोटर कर्मचारी कल्याण उपसंगठनको गठन

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.