मङपु२५जुन(केशर मोक्तान): विभिन्न
बिधामा मङपुबाट प्रतिबर्ष
डक्टरको उपाधी प्राप्त गर्ने
व्यक्तिहरुको संख्या दिनप्रतिदिन
बड़दै गइरहेको छ भने फेरि मङपुले यो पल्ट
ठुलो उपलब्धी प्राप्त गर्न
सफल भएको छ | मङपु रेसेप धुराका
बासिन्दा सुदन छेत्रीले(Sudan Chettri) डक्टरको
उपाधी प्राप्त गरेका छन | इन्डियन
काउन्सिल अफ पेरामेडिकलकल सोसाइटी
अफ वेस्ट बंगाल द्वरा डा. सुदन
छेत्रीलाई डक्टरको प्रमाण
पत्र दिएको जानकारी प्राप्त
भएको छ | डा.छेत्रीले यो उपाधी
घरेलु पशु चिकित्सा एवं सरक्षणमा
प्राप्त गरेका छन | उनले डिप्लोमा भेटनेरी साइन्स अनि एनिमल
ह्स्बेन्डरी गरेका हुन भने
डक्टरको सम्पूर्ण तालीम अनि
शिक्षा डीभीसी डा.मलाया बसुको अधिनस्थ गरिएको जानकारी
प्राप्त भएको छ | पशु सम्पंदा
एवं घरेलु पशु पालन तथा सरक्षण
हेतु डक्टरको उपाधी प्राप्त
भए पश्चात अब डा. सुदन छेत्रीले
पशुलाई हुने सबैप्रकारको बिमारको
जाचसित सामान्य अप्रेशनहरुपनि
गर्न सक्ने उनी स्वयंमले जानकारी
दिएका छन | घरेलु पशु सरक्षणको
निम्ति ३२ बर्षको अनुभव रहेको
उनी बताउछन् | यसरी आज डक्टरको
उपाधी प्राप्त गरे पछि थप जिमेवारी
आफुलाई आइपरेको कुरो उनी बताउछन् | उनले यसरी ठुलो उपलब्धी हासिल
गरकोमा सम्पूर्ण मङपुबासीले
उनलाई बधाई टक्राएका छन |
मंग्पूको छोरो सुदन छेत्रीलाई डक्टरको उपाधी
25Jun2013



Post a Comment