मङपु१९मई(केशर मोक्तान): मङपु रेसेप
बजार स्थीत चालिश बर्ष
पुरानो एक मात्र धार्मिक स्थल सार्वजनिक शिव मन्दिर(mungpoo reshep bazar shiv mandir)को पुरानो
कमिटीलाई बिगठन गरि नयाँ कार्यकारिणी
समिति गठन गरियो | भारत कुमार
दाहाल निर्वाचन अधिकारी राखिएर
गरिएको उक्त नवगठित कार्यकारिणी
नवगठित समितिका अध्यक्ष केशरीचन्द
अग्रवाल उपाध्यक्ष कपिल लोहार,मूल
सचिव उपेन्द्र लामा सहसचिव
संजय चौधरी कोषाध्यक्ष सोभित
राई लगायत २५ जनाको कार्यकारिणी
सदश्य चयन गरियो | यसको साथै
रेसेप बजारका धार्मिक आस्था
र बिश्वाश भएका सम्पूर्ण जनसाधारवर्गलाई
साधारण सदस्यता ग्रहण गाराईने
निर्णय पनि सभामा पारित गरियो | यस
नवगठित समितिले शिब मन्दिरको
धार्मिक महत्वलाई ध्यानमा
राख्दै यसको सठीक देखरेख स्वच्छता
र संचालन अनि मर्मतिको निम्ति
कार्यक्रमको रुपरेखा तयार
पार्न आगामी ३० जुनको
दिन यसै मन्दिर भवनमा एक जरुरी
सभाको आयोजन पनि गर्ने भएको
छ भन्ने जानकारी समितिका सभापतिले
केशरीचन्द अग्रवालले जानकारी
दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?