कान्दुंग बनबस्ती पाठशालाद्वरा अरण्य सप्ताह पालन | स्वानिर्भरदलहरुलाई प्रशिक्षण शिबिर

Planting tree by Kandung busty school
मङपु३जुलाई(निस): कान्दुंग बनबस्ती (Kandung Busty) पाठशालाद्वरा  अरण्य सप्ताह पालन गर्दे स्कूलका प्रधानअध्यापक आई.पी शर्माको अगुआइमा वृक्षरोपण गरियो | बिध्यालयका शिक्षक शिक्षिकागण अनि नानीहरुले पाठशाला परिसरमा बिभिन्न प्रजाति जस्तै पानीसास,चाप,जरुल,अमला, चिलाउने आदि प्रजातिका वृक्षहरू रोपन गरे | उक्त बिरुवा कलिझोड़ा बनविभागद्वरा प्राप्त गरि एक सय भन्दा अधिक बिरुवा पाठशाला परिसरमा रोपिएको जानकारी बिध्यालयका शिक्षक प्रदीप छेत्रीले दिएका छन | 



स्वानिर्भरदलहरुलाई प्रशिक्षण  शिबिर 

मङपु३जुलाई(केशर मोक्तान): चालीस धुरा पाठशाला भवनमा रोङचोङ ग्राम पञ्चायत अन्तर्गत वार्ड नम्बर ५  अनि ६का सम्पूर्ण स्वानिर्भर दलहरु(Self Help Groups of Mungpoo) लिएर एक दिने प्रशिक्षण शिबिर सम्पन्न भयो | उक्त प्रशिक्षण शिबिर सम्पन्न गराउन रोङचोङ ग्राम पञ्चायतका एरिया क्लस्टर अनि सबक्लस्टरको मुख्य भूमिका रहेको थियो | रोङचोङ ग्राम पञ्चायत वार्ड नम्बर.१ अनि २ लाई लिएर सिम्लेमा,३ अनि ४ नम्बर वार्डलाई लिएर मङपूर क्लस्टर घरमा प्रशिक्षण शिबिर सम्पन्न भयो | उक्त शिबिरमा दुर्बिन डाड़ा,रोंग्सेजोंग,श्रम सृजना,मनोकामना,देफोदिल्स,हनी,नर्मदा,किरण,गुराश,इन्द्रेणी,स्वानिर्भरदलका सदश्य सदश्यगणले अंशग्रहण गरेका थिए | त्यस शिबिरमा स्वानिर्भर समुहले पाउने सहुलियत सी.सी. सम्बन्धी प्रशिक्षण रहेको थियो | शिबिरमा प्रशिक्षक डी.आर.पी. तोप्देन् लेप्चाले  भविष्यमा सम्पूर्ण स्वानिर्भर समुहहरु एस.जे.एस.वाईबाट एन.आर.एल.एम.परियोजना अन्तर्गत संचालन हुने पनि जानकारी दिए | शिबिरमा आर.पी. जानुका तामांङ अनि सारथी राई पनि उपस्थीत रहेका थिए भन्ने जानकारी भिशु राईले दिएका छन |

कान्दुंग बनबस्ती (Kandung Busty) पाठशालाद्वरा अरण्य सप्ताह पालन गर्दे स्कूलका प्रधानअध्यापक आई.पी शर्माको अगुआइमा वृक्षरोपण गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.