गोजामुमो सिम्ले शाखाको सभा सम्पन्न

Gorkha Janmukti Morcha(GJMM) Flag
मङपु३जुलाई(केशर मोक्तान) : लाब्दा  मङपु समष्टि अन्तर्गत गोजामुमो सिम्ले शाखा(GJMM Simley Branch,Mungpoo) को तत्वधानमा  शाखा सभापति सुजित राईको  सभापतित्वमा संगठानिक सभा  सम्पन्न भयो |  पासांग भुटियाले संचालन गरेको सभामा किरण थापाले स्वागत सम्भाषण राखे भने शाखा सचिव अरिफ मंगरले शाखा अधिनस्त संगठानिक कुरा राख्दै संगठानिक कम्जोरी केही नरहेको बताए तर बिगत दुई बर्ष अघि देखि प्रधानमन्त्री ग्राम सडक योजना मार्फत शुरु गरिएको सडक निर्माण कार्य भने ठेकदारहरुको लापरवाहीको कारण पूरा हुन नसकेको साथै जे.सी.बी.(डोजर)ले जताततै  खनेर गाउँललाई अस्त व्यस्त अवस्थामा छोडेको छ भन्दै गाउँको बर्षौ देखिको सपना भताभुङ्ग भएको गुनासो व्यक्त गरे | सभालाई सम्बोधन गर्दे मोर्चा मङपु जोन सचिव रतन लामाले गाउँले भोग्न परिरहेको दुखमा मोर्चा मङपु जोन एकदमै चिन्तित रहेको एवं यस समस्यलाई स्थानीय सभासद रतन थापा संग सम्पर्कमा बसी चाड़ो समाधान सुत्र निकाल्ने आस्वासन दिदै आज सम्म सिम्ले शाखा संगठानिक एकतामा रहेको र भविष्यमा पनि यसलाई कायम राख्ने सुझाव राखे | सभामा  दा.ता.डु.प्लान.ले.यूनियन सचिव गगन राई,दयानन्द राई,रबिन पाख्रीन,कृष्णलाल गुरुङले पनि सम्बोधन गरे भने शाखा सभापति सुबास राई,मङपु विभाग शाखा सचिव सुजम छेत्री पूर्व पञ्चायत प्रधान रेखा मणि राई,एस.एम.राई.,रबी प्रसाद राई पुस्कर थापा लगायत   युवामोर्चा  नारी मोर्चा अनि गाउँका बरिष्ठ नागरीक उपस्थीत रहेका थिए |

लाब्दा मङपु समष्टि अन्तर्गत गोजामुमो सिम्ले शाखा(GJMM Simley Branch,Mungpoo) को तत्वधानमा शाखा सभापति सुजित राईको सभापतित्वमा संगठानिक सभा सम्पन्न भयो

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.