मङपु30अगष्ट(केशर मोक्तान): रयाफका एक जवान अरुण प्रमाणिकले
शनिबारको दिन दार्जीलिंङ घुममा
एक छात्रामाथि दुष्कर्म गर्न
खोजेको घटनाको बिरोधमा गोर्खा
जनमुक्ति बिधार्थी मोर्चा
मङपु जोनको आयोजनमा आज मङपु
वरिपरिका बिघालयक बिधार्थीहरुले
बिराठ जुलुस निकाले | उक्त जुलुस
मङपु बसस्ट्यान्ड देखि शुरु
भएर रेसेप बजार परिक्रम गर्दै
नालीडाड़ा आइ पथ सभामा परिणत
भयो | रक्षक नै आज भक्षक भएकोमा
घोर बिरोध जनाउदै बिधार्थीहरुले
दोषी व्यक्तिलाई कडा भन्दा
कडा सजाय दिने मांग गरेका छन
भने आज स्थानीय बिधार्थीहरुले
दोषी व्यक्ति अरुण प्रमाणिक
पुत्ला पनि जलाए |
मंग्पूमा विध्यार्थीहरुले अरुण प्रमाणिकको पुत्ला जलाए
30Sep2013
Post a Comment