मङपुमा गोरामुमोको झन्डा लगाउन शुरु

GNLF flag postering in mungpoo nalidara
मङपु२२अगष्ट(केशर मोक्तान):
कार्तिक महिनामा पनि मङपुमा राजनैतिक गर्मि भने तेजगतिमा शुरु हुन् थालेको छ | विजय दशमी सकिन साथ नै मङपुमा राजनैतिक उथुलपुथुल देखिन थालेको छ | सोमबार मात्र गोरामुमो मङपु लाटपन्चर समष्टि सयोजक के.बी.गुरुङको नेतृत्वमा मङपुको मुटु मानिने नालीडाड़ामा पार्टी कार्यकर्ताहरुले सुबास घिसिङ जिन्दाबाद भन्दै गोरामुमको झन्डा साथै पोस्टर लगाए | पोस्टरमा गोर्खाहरुको प्राणभन्दा प्यारो नेतालाई मङपुमा हार्दिक स्वागत गर्दछौ भनि उल्लेख गरिएको छ | सोमबार गोरामुमो पार्टी कार्यकर्ताहरुले छैटौ अनुसूचीले मात्र पहाडको गोर्खाहरुको भाग्य निर्धारण गर्न सक्ने बताउदै झट भन्दा झट सरकारले  छैटौ अनुसूची दिन पर्ने मांग गरे | उक्त अभियानमा गोरामुमो नेता दिलिप राई,लाब्दा बस्ती भिलेज चिफ ओंङछेन शेर्पा,चमन प्रधान,गणेश वाइबा,आर.बी प्रधान,कैलाश पाख्रीन लगायत पार्टीका अन्य कार्यकर्ता उपस्थित थिए | यसरी गोरामुमो नेताहरुले मङपुमा चाडै नै एक जनसभाको आयोजन गर्ने पनि बताए | मङपुको बिभिन्न क्षेत्रमा गोरामुमोका शाखा गठन गर्ने क्रम जारी रहेको कुरो पार्टी सयोजक  के.बी.गुरुङले जनाएका छन |

कार्तिक महिनामा पनि मङपुमा राजनैतिक गर्मि भने तेजगतिमा शुरु हुन् थालेको छ | विजय दशमी सकिन साथ नै मङपुमा राजनैतिक उथुलपुथुल देखिन थालेको छ

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.