मङपु२५अक्टोबर(केशर
मोक्तान): माटो र जति उथानको निम्ति
हरियो झण्डा आज फेरी अघि
आएको छ | छैटौंअनुसूचीमा सम्पूर्ण
दार्जीलिंङले ट्राइबल स्टेट्सको
मर्यदा पाएको हुनेछ यसकारण
गोरामुमोले सरकारलाई झट्टै
छैटौ अनुसुचि दिन पर्छ भनि हाम्रो
मांग सरकार समक्ष रहेको छ | आज
हामी भुमिहिन बतासे भएका छौ
यसैकारण राज्यका मुख्यमन्त्री
ममताले दार्जीलिङलाई माया
गर्छ भने यहाँको जमीनको प्रजापट्टा
दिएको हुनु पर्छ भन्ने कुरो
आज मङपुमा गोरामुमोद्वरा आयोजित
जनसभालाई सम्बोधन गर्दै गोरामुमो
नेत्री छिरिंङ दाहालले उक्त
मन्तब्य जाहेर गरिन| गोर्खाल्याण्ड
सुबास घिसिंङको मुटु हो,छुट्टै राज्य
गोर्खाल्याण्डको मांग गोरामुमो
सुप्रिमो सुबास घिसिंङ १९८०
सालदेखि उठाउदै आएको हो र घिसिङको
मुटुको ढुक ढुकी रहुनजालसम्म
गोर्खाल्याण्ड शब्द बाचेको
हुनेछ | आज इन्टरनेट र कम्प्युटरको
जमानामा पनि ताली र गालीले
दार्जीलिङ बिग्रेको छ | छैटौंअनुसूचीको
मुद्धा हाम्रो सन्तानको लागि
हो यसैकारण छैटौं अनुसूचीको
समर्थनमा सम्पूर्ण जनता आएको
हुनु पर्छ | हाम्रो बर्थ सर्टिफिकेट
छैटौंअनुसूची रहेकोले दार्जीलिङको
बर्थ सर्टिफिकेट भारत सरकारले
झट्टै दिन पर्छ | पवित्र भुमि
दार्जीलिङलाई बन्गोबासी पहेलो
र रातो पार्टीले अपवित्र बनएको
छ | आज गोर्खाहरुको अस्तित्व
बिहिन भएको कारण अस्तित्व बचाउनको
निम्ति हरियो झन्डा अघि आएको
छ | आज हामीलाई जात जातमा बिभाजन
गर्ने काम सरकारले गर्दैछ हामीलाई
अंगेजहरुले १९३१मा पहाडी जनजातीको
मर्यादा दिसकेको बताउदै छैटौंअनुसूचीले
मात्र गोर्खाहरुको भाग्य निर्धारण
हुने ठोकुवा गरे | आज हामीले
सन्धि सन्धिले जोडिएको हाम्रो
भूभागको गाठो फुकाउनु पर्छ,जब
सम्म दार्जीलिङको माटोमा मोर
लाग्दैन तब सम्म गोर्खा
जातिले लाल्छना बोकेको हुनेछ
यसैले सरकारले हामीलाई छैटौंअनुसूची
झट्टै दिनपर्छ| यदी भोलिको
दिनमा छैटौंअनुसूची प्राप्त
भएमा नेताको लागि होइन जनताको
लागि हुनेछ कारण हामीले सम्पूर्ण
सरसमान आधा दाममा पाउने छौ
| छैटौंअनुसूची भए पछि गोर्खाल्याण्ड
हामीले कानमा समाएर भित्राउनसक्नु पर्छ | यसैले आगामी शेसनमा
पास गरेर गोरामुमोले छैटौंअनुसूचील्याउने कुरो आजको जनसभालाई सम्बोधन
गर्दै जी.एन.डब्लु तराई क्षेत्र
सयोजीका एवं पार्टी नेत्री
दाहालले उक्त कुरो सभामा राखिन | अर्को
बक्तखर्सांग ब्रान्च कमिटि सयोजक
निमा तामांङले गोरामुमो सुप्रिमो
सुबास घिसिङ चाडै पहाड चड्ने
संकेत दिदै पहाडको जनताको हातमा
छैटौंअनुसूची छोडी अरु कुनै
विकल्प नरहेकोले गोरामुमोले
संबिधान भित्रको छैटौंअनुसूची
मांग गरेको जनाए | आज मङपुमा
गोरामुमोको यति धेरै समर्थक
हुन्छ भने बिपक्षीहरुले कल्पना
पनि गर्न सकेको थिएन होला तर
यो भेला एउटा नमुना मात्र हो | आज मोर्चाले गोर्खा जातिलाई
कलंक पार्ने काम गरेको आरोप
पनि सयोजक तामांङले लगाए | मोर्चाको
सात बर्षको आन्दोलन पछि छैटौंअनुसूची ब्युझिएको छ | बिगतको आन्दोलनमा
मोर्चाले डाकेको एक महिनाको
बन्दमा पहाडको अर्थनीति चपेटमा
परेको छ | बन्दले कुनै परिणाम
हात लागेंन केवल ४० दिनको बन्दको
रेकर्ड तोड्न मात्र बन्द डाकिएको
हो | सात बर्षको आन्दोलन अवधि
मोर्चाले जनतालाई सताएको छ
र दार्जीलिंलाई घरको न त् घाटको
बनएको आरोप सयोजक निमा तामाङले
लगाए | यसरी गोरामुमो नेता अर्जुन
राईले दार्जीलिङमा तीनवटा
गिरि बिमलको दादा गिरि,रोशनको
शोषण गिरि,अनि हर्केको चम्चा
गिरीले गर्दा पहाडको यो अवस्था
भएको संज्ञा दिदै गोजमुमो नेता
बिमल र रोशनले कमाक्य मन्दिरमा
गएर पाप प्रयाशित गर्नु भन्दा
मतिगाडा पुगी सुबास घिसिङको
पाउ पक्रेर प्रयाशित गर्ने
सुजाव दिए | रेसेप फरेस्ट बस्ती(सिक्सिन)का
गोरामुमो भिलेज चिफ बी.बी.राइको
अध्यक्षतामा सम्पन्न भएको
उक्त जन सभाको संचालन मिलन
शेर्पाले गरेका थिए भने सभामा
गोरामुमो नेता रबिन लामा,आनन्द
राई,युद्ध छेत्री, लादुप घिसिंङ
र संजु राइले पनि सभामा सम्बोधन
गरे | आजको जनसभामा हजारौको संख्यामा
गोरामुमो समर्थकहरुको भीड
देखियो | आजको सभामा लाब्दा बस्तीबाट
कुलदीप राईलाई भीपीसी चिफ
नियुक्ति गरियो |

Post a Comment
We love to hear from you! What's on your mind?