मङपु,केशर मोक्तान: मङपुमा राज्यको सत्तारुड़
पार्टी तृणमुल कंग्रेसले झन्डा
गाडेको केहि दिनमा नै पार्टी
विस्तार गर्ने क्रम जारी रहेको
देखिन्छ | पार्टी गठन भएको केहि
दिन भित्रमा नै हिज यहाको मङपु
बिभाग चौरस्तामा हिल तृणमुलक
नेताहरुलाई लिएर एक जन सभा सम्पन्न भयो | उक्त सभामा नेताहरुले
पहाडमा जी.टी.ए. मार्फत पहाडको
विकास गर्ने साथै तृणमुल ट्रेड
युनियनका नेताहरुले सिन्कोना
बगानको बिकाश गर्ने कुरो जनाए | आज
पनि मङपुको बिभिन्न ठाउमा
तृणमुल पार्टीको विस्तार साथै
शाखाहरु गठन भएको जानकारी मङपु
जोन पार्टी सयोजक पावन बल जनाए | आज
स्थानीय राजमान धुरामा बिष्णुधोज
राईको बासगृहमा मङपु बिभाग
शाखा सभापति बहादुर सिहको अध्यक्षतामा
एक सभा सम्पन्न भयो | सभामा स्थानीय
गाउँबासीको उपस्थितिमा प्रशाखा
गठन गरियो | सभामा नेताहरुले
टी.एम.सी.मार्फत पहाडमा बिकाश
गर्ने कुरो जनाए | सभामा तृणमुल
प्रशाखा गठन गरियो जसको सभापति
मनीष राई,उपसभापति रुपेन्द्र
मंगर सचिव सजन मंगर सहसचिव
पासांङ तामांङ कोषाध्यक्ष
प्रकाश सुब्बा लगायत ३० जनालाई
कार्यकारिणी सदश्यको रुपमा
चयन गरियो | लाब्दा मङपु समष्टिमा
कुनै पार्टी सित प्रतिसोध लिनु
होइन तर यस क्षेत्रमा बिकाश
गर्नको निम्ति टी.एम.सी.गठन
गरिएको जानकारी तृणमुल पार्टी
समष्टि सयोजक पवन बलले बताए | पार्टी
विस्तार गर्नको निम्ति मङपु
शाखाबाट बहादुर सिह गुरुङ,रेसेप
शाखाबाट उर्गेन तामांङ,रम्बी
बीचकमान शाखाबाट एड्वार्ट
लेप्चा अनि सिम्ले शाखाबाट
अर्पण थापालाई दायित्व सुम्पेको
कुरो सयोजक बलले जनाए | यसरी
भोलि रेसेप अनि सिम्लेमा पनि
शाखा गठन गर्ने कुरो सयोजकले
बताए |
Post a Comment
We love to hear from you! What's on your mind?