मङपु१५अक्टोबर(केशर
मोक्तान)
हिन्दुहरुको महान चाड़ विजय
दशमीको मुखैमा फूलपातीको
दिन मङपुमा पनि टी.एम.सी. भित्रिएको छ | मङपुमा
पहिलो चोटि टी.एम.सी. पार्टीले
झन्डा गाड्न सक्षम भएको
छ | हिल तृणमुल कंग्रेस नेता
मनोज देवान,बिशाल छेत्री
अनि सगर पोख्रेलको अगुवाइमा
स्थानीय मङपु बिभाग चौरस्तामा
एक सभा गरि तृणमुल पार्टी अनि
यूनियन गठन गरिएको छ | मङपुबाट
तृणमुल पार्टी सयोजक पवन बल
अनि युनियनको सयोजक निलकुमार
गुरुङलाई चयन गरिएको छ | यस्तै
गरि यहाको चालिस धुरा अनि अन्य
विभागमा पनि टी.एम.सी.को गठन
भईरहेको जानकारी मनोज देवानले
दिएका छन | भ्रस्टाचार मुक्त
पहाड अनि कुलैनबारीको बिकाश
गर्न नै यस छेत्रमा टी.एम.सी.गठन
गरेको पार्टीका नेताहरुले
जनाए | नर्थ बंगाल बिकाश मन्त्री
गौतम देवको निर्देशमा नै मङपुमा
पार्टी विस्तार गरिएको नेताहरुले
बताए भने राज्यका मुख्य मन्त्री
आगामी २२ अक्टुबर दिन सुकुना
आएर बस्ने कुरो पनि टी.एम.सी
नेताले थप जनाए | तृणमुल नेत्री
ममता ब्यनेर्जीले दार्जीलिंङलाई
स्वीज़रल्याण्ड बनाउने कुरो
बताइसकेका छन भने टी.एम.सी.ले
नै पहाडलाई बिकाश गरेर स्वीजरल्याण्ड
बनाउनेछ भन्दै तृणमुल कंग्रेस
राज्य युवा सचिव बिशाल छेत्रीले
जनाए | जी.टी.ए. मार्फत नै टी.एम.सी.ले
पहाडमा बिकाशको मूल फुटाउने कुरो
जिल्ला सचिव मनोज देवानले पत्रकारहरुलाई
बताएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?