मङपु९अक्टोबर(केशर
मोक्तान)
सात बर्ष सम्म गोजमुमो एक मात्र
पार्टी रहि आएको मङपुमा, केहि
महिना अघि गोरामुमोले बौरी
उठ्दै पार्टी बिस्तार गर्न
शुरु गरे पछि आज देखि तृणमुल
कंग्रेस पनि पार्टी विस्तार
गर्ने दाउमा अघि बढेको जानकारी छ | अहिले
घरि पहाडमा चारैतिर तृणमुल
कंग्रेस पार्टीको गठन भईरहेको समय मङपुमा पनि राज्यको
सत्तारुढ़ पार्टी तृणमुल
कंग्रेस विस्तार हुने संकेत
देखा परेको छ | आज मात्र हिल तृणमुल
कंग्रेस नेता छेवाङ भुटिया
संगठन विस्तार गर्न मङपु आइपुगेका
थिए | उनले आज स्थानीय रबीन्द्रनाथ
संग्रालयमा स्थानीय जनता सित
पार्टी बिस्तारको निम्ति एक
सभा बसेको थाहा लागेको छ | यसै
क्रममा पत्रकारहरुलाई सम्बोधन
गर्दै तृणमुल कंग्रेस नेता
छेवाङ भुटियाले पहाडमा चारै
तिर टी.एम.सी. पार्टी गठन भईरहेको
छ भने अब मङपुमा पनि पार्टी
बिस्तार गर्नको निम्ति कार्यकर्ताहरुसित जोगाजोग गर्न मङपू आएको
बताए | मोर्चाले हामी गोर्खाल्याण्डको
लागि जन्मेको पार्टी भन्दै
महाकाल बाबाको साक्षी राखेर
हामी गोर्खाल्याण्ड लेउछौ
भनि अन्त्यमा जीटीएमा सम्झौता
गर्यो | जनताले जीटीए मागेको
थिएन | पहिलो,दोश्रो र तेस्रो
चरणको आन्दोलन गरेर जनतालाई
मोर्चाले धोका दिएको छेवाङले
आरोप लगाए | तेस्रो चरणको आन्दोलन
गरेर ४५ दिनको बन्द डाक्दै
मोर्चाले जनतालाई ठुलो मर्कामा
पारेको छ | मोर्चाले डाकेको बन्दको
कारण यसपाली जनता सित दशैँ
मनाउने खर्च नभएको टिपणी गर्दै
जनतको चुलाहा जलोस भनेर दशैमा
खर्च जुटाउनको निम्ति तृणमुल
सरकारले शारदा कम्पनीमा डुबेको
पैसा जनतालाई फिर्ता गरिरहेको
कुरो उनले जनाए | आज हिल तृणमुल
पार्टीका नेताहरुले मङपुको
बिभिन्न ठाउँमा भ्रमण गरेर
पार्टी विस्तार गर्नको निम्ति
जनता सित भेटघाट गरेको थाहा
लागेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?