दार्जीलिंग पुलिस टिम विजय बनेर २० हजार लगे

Darjeeling police team won football final in mungpoo
मङपु८अक्टोबर(केशर मोक्तान): मङपु युथ बोइज क्लबको तत्वाधानमा स्थानीय जनमैदानमा  सम्पन्न भएको दिपावली नकाउट  फूटबल टुरनामेंटको फाईनल  खेलमा दार्जीलिंग पुलिस  टिम विजय बने | एन.पी.राईको  अध्यक्षतामा सम्पन्न भएको उक्त खेलमा दार्जीलिंग पुलिसले  रन्जुभेल्ली दललाई ६  गोल दागेर विजय हासिल  गर्दै दिपावली नकाउट  कप हत्याउन सक्षम बने | आज सम्पन्न भएको फाईनल खेलको  पहिलो हाफमा १ गोल मात्र  अघि बनेको पुलिस टिमले  दोश्रो हाफमा ५ गोल गर्दै विजय हासिल गरे | आजको खेलमा विजय दललाई २० हजार अनि पराजय दल १० हजर नगद राशी प्रधान गरियो | उक्त फुटबल प्रतियोगिताको बेस्ट टिम टागे फरेस्ट बस्ती रम्बीलाई चयन गरियो भने आजको खेलको म्यान अफ द म्याच रन्जुभेल्ली दलक जर्सी नम्बर १३ इलास थापालाई चयन गरियो | खेलको विजय प्रतियोगीहरुलाई समारोहका प्रमुख अतिथि सिन्कोना बगान व्यवस्थापक बिदुर कार्कीको बाहुलीबाट पारितोषिक वितरण गरियो भने पराजय दललाई एन.पी.राईको बाहुलीबाट ट्रफी वितरण गरियो | यसरी समारोहका बिशिष्ट अतिथि प्रदीप छेत्री,गगन राई,डी.एस. प्रधान,गौतम मलिक, लगायत अन्यको बाहुलीबाट खेलाडीहरुलाई चेक तथा ट्रफी प्रधान गरियो | आजको खेलमा निर्णायकको भार अनील तामांङ,मोहित तामांग अनि हेमु राईले लिएका थिए भने कार्यक्रमको संचालन राम पोख्रेलले गरेका थिए |

मङपु युथ बोइज क्लबको तत्वाधानमा स्थानीय जनमैदानमा सम्पन्न भएको दिपावली नकाउट फूटबल टुरनामेंटको फाईनल खेलमा दार्जीलिंग पुलिस टिम विजय बने |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.