मङपु१४अक्टोबर(केशर मोक्तान): आज स्थानीय
मङपु सिन्कोना बगान वरिपरि
क्षेत्रीय राज्य खाध्यप्रकरण
एव हर्टीकल्चर बिभागका सचिव
आशिष कुमार ठाकुरले परिभ्रमण
गरे | उनले आज मङपु बिभाग,कुलेन कारखाना,रबीन्द्र
भवन,रम्बी बीचकमान सिमबोदीयम
अर्किड पार्क लगायत अन्य क्षेत्रको
परिभ्रमण गरे | स्मरण रहोस राज्यको
खाध्यप्रकरण एव हर्टीकल्चर
बिभागमा सिन्कोना उध्योग अधिनस्त
रहेको कारण नै यस उध्योगको
काम कुरा बुझ्नको निम्ति विभागीय
सचिव मङपु आईपुगेको थाहा लागेको
छ | सचिव लगायत उनि सित आएको टोलीले
बुधबार लाटपन्चर सिन्कोना
बगान परिभ्रमण गरे भने शुक्रबारको
दिन रोंगो अनि मन्सोंग सिन्कोना
बगान भ्रमण गर्ने भएको छ | आज
सचिवको साथमा सिन्कोना बगान
अधिकारी डा.जी.सी.सुब्बा,सामुएल
राई,बिदुर कार्की,नरेश बराईली,जे
सादा,वसन्त मोक्तान,निम गुरुङ
लगायत अन्य अधिकारीवर्गले
परिभ्रमण गरे |
Post a Comment
We love to hear from you! What's on your mind?