आज देखि भारप्राप्त सिन्कोना
बगान निर्देशक डा.सामुएल राई(Mungpoo Cinchona Director Dr. Samuel Rai) ले
निर्देशकको पदभार ग्रहण गरेका
जानकारी प्राप्त भएको छ | आज
बेलुकी पाच बजे भूतपूर्व निर्देशक
डा.जी.सी सुब्बाले बगान पद भार
नवनिर्देशक डा.सामुएल राईलाई
सुम्पिएका छन | डा. सामुएल राईले
सिन्कोना बगानमा ८ नोभेम्बर२०१३मा
पदभार ग्रहण गरेता पनि आज देखि
भने पूर्णरुपले मङपु सिन्कोना
निर्देशक कार्यालयमा पदभार
सम्हाल्न शुरु गरेको जानकारी
निर्देशक स्वयमले
बताएका छन | बगान निर्देशक डा.राईले
बन्द अवस्थामा रहेको बगानको
कारखानाहरुलाई चालु गराउने
आफ्नो पहिलो प्रयास रहेको जनाउदै
अहिले कारखाना चालु गर्दा सरकारको
धेरैवटा नयाँ कानुनहरु लागु
भएकोले यस बिषयलाई पनि मध्य
नजर राख्दै काम गर्नु पर्ने
भएकोले कारखाना चालु गर्न अलिक
समय लाग्ने बताए | अहिले चारै
तिर बगानमा सिन्कोना बोक्रा(चाम्रा)स्टोर
गर्ने गोदामहरु भत्किएको अवस्थामा
आफुले पाएकोले पहिले उक्त गोदामहरुलाई
नव निर्माण गर्नको निम्ति स्किम
बनाएर सरकार समक्ष पठाईसकेको
जानकारी दिए | यसरी बगानको खाली
ठाउँहरुमा सिन्कोना संगै अन्य
औषधीय पौद्दाहरु पनि बृहत रुपमा
लगाउने योजना रहेको जनाए | यस्तै
गरि सुन्तला,रबर,कफी लगायत
अन्य औषधीय पौद्दाहरुको खेति
गरि आईस्रोत बढाउने पनि योजना
रहेको बताए | सिन्कोना बगानको
अनुसन्धान केन्द्र (रिसोर्स
सेन्टर)एकदमै कम्जोर रहेको
आफुले भेटाएको कारण उक्त (रिसोर्स
सेन्टर)लाई संचालन गर्ने आफ्नो
पहिलो प्रयास रहेको बताए | यसरी
बगानको श्रमिककर्मचारीहरुलाई
पनि प्रोत्साहन गरेर काम गर्ने
अनि सिन्कोना उद्योगलाई अघि
बडाएर लैजाने आफ्नो प्रयास
रहेको बताए | यसरी सिन्कोना बगान
निर्देशकको पदभार डा.सामुएल
राईले स्थानीय निर्देशक बंग्लोमा
आज देखि सम्हालन साथ उनलाई
श्रमिक तथा कर्मचारीवर्गले
बधाई साथै शुभकामना व्यक्त
गर्दै खदार्पण गरे |