दार्जीलिङलाई नर्थ इसटर्न काउन्सिलमा अन्तर्भुक्त गराउनु पर्छ: डा:महेन्द्र पी लामा

Mahendra p lama in rohini
केशर मोक्तान: स्थानीय रोहिणीमा अखिल भारतीय तामांङ बौद्ध संघको तीनदिने २९ औ अधिबेसन२३,२४,अनि २५ जनवरीको दिन के.एम तितुङको अध्यक्षतामा सम्पन्न भयो | दोश्रो दिनको समारोहका प्रमुख अतिथि डा.महेन्द्र.पी.लामाले सम्बोधन गर्दै हामीले दार्जीलिङ जिल्ला अनि तराई डुवर्सको क्षेत्रलाई लिएर नर्थ इसटर्न काउन्सिलमा अन्तर भुक्त गराउनु पर्छ भन्दैछौ, नर्थ इसटर्न काउन्सिल भनेको १९७१ प्रधान मन्त्री इन्दिरा गान्धीको पालीमा आठवटा राज्यहरुको निम्ति बनेको परिषद हो | यहा नर्थ इस्ट काउन्सिल पसेको खण्डमा तीनवटा फाइदा हुन्छ, प्रथम यसको सम्पूर्ण सदश्य राज्यपाल अनि मुख्यमन्त्री छन यसकारण जुन दिन नर्थइस्टन काउन्सिलमा पस्छौ त्यस दिन मुख्यमन्त्री र राज्यपाल सित काधमा काध मिलाएर काम गर्न सक्छौ अनि हामी अघोषित राज्य हुन्छौ र अघोषित राज्यलाई घोषित राज्य बनाउनु कुनै समय लाग्दैन | दोश्रो भारतको जति पनि सरकारी मन्त्रालय र बिभागहरु छन त्यहबाट १० प्रतिसत बर्षको बजेट  नर्थइस्ट काउन्सिलमा आउछ अनि त्यो फण्ड कहिले पनि फर्केर नजाने भएको हुनाले हामी त्यसबाट बिकाश गर्न सक्छौ | तेस्रो जम्मै नर्थइस्ट काउन्सिलका नानीहरुले भारतको बिभिन्न संस्थाहरुमा रीजरभेसन सिट पाउन सक्छन यसैले हामीलाई नर्थ इस्ट काउन्सिलमा झट्टै अन्तर भुक्त गर्न पर्छ भन्दैछौ | डा. लामाले तामांङ बुद्धिष्ट जाति जनजाती अनि अल्पसंख्यक भएको हुनाले सरकारबाट यस जातीलाई प्राप्त हुने सहुलियत बारे पनि जानकारी गराए | उक्त सम्पूर्ण कार्यक्रमको संचालन प्रकाश बम्जन अनि पार्वती मोक्तानले गरेका थिए | समरोहका बिशिष्ट अतिथि जीटीए सभासद नर्बुजी लामाले शिक्षाले मात्र सम्पूर्ण क्षेत्रको बिकाश हुने भएकोले हाम्रो तामांङ अनि गोर्खे सन्तानले शिक्षालाई नै महत्वपूर्ण दिने कुरामा जोड दिए | अर्का अतिथित तामांङ युथ एसोसिएसनका सभापति बिष्णु गोलेले हालैमा राज्य सरकारका मुख्यमन्त्रीले तामांङ बिकाश बोर्ड गठन गरिदिने बचन दिसकेको बताउदै र यो बोर्ड अहिले हामीलाई सरकारबाट दिएको नया गाडी हो  र यसको कागज पत्र बनिनु केहि समय लाग्ने बताए र यसको निम्ति तामांङ युथका सम्पूर्ण सदश्यहरु लागि परिरहेको जनाए | उनले अखिल भारतीय तामांङ बौद्ध संघ एउटा अभिभावक हो अनि तामांङ युथ संस्था यसको छोरा हो र यस संस्थालेनै बोर्डको निम्ति काम गर्ने बताए | उनले यस बर्ष देखि तामांङ जातिको महान चाड सोनाम लोछारको पनि राज्यका  मुख्यमन्त्री ममता ब्यनार्जीले सरकारी छुट्टीको  घोषणा गरेको बताउदै उनले आगमी ३१ जनवरीको दिन दिन सोनाम लोछार सरकारी छुटीको दिन प्राप्त भएकोले सम्पूर्ण तामांङ सन्तानले भब्यताको साथ सोनाम लोछार पालन गर्ने अपिल गरे | अर्को बक्ता तामांङ बुद्धिस्ट माइनोरेटी वेल्फ़ेर सोसाइटीक सभापति गंगा ब्लोन पनि तामांङ बुद्धिष्ट जातिलाई सरकारबाट प्राप्त हुने सहुलियत बारे जानकारी गराए | अर्को बक्ता कोलकाता शाखा सचिव एम.के.घिसिंङले अखिल भारतीय तामांङ बौद्ध संघ सम्पूर्ण  तामांङ जातिको उथानको निम्ति अघि आउने संस्था भएकोले यस संस्था अराजनैतिक  हुनु पर्ने साथै यो संस्था तामांग सन्तानको अभिभावक भएको हुनाले जाति पनि जातिको उथानको निम्ति आएको संस्थाहरु छन त्यस संस्थाले पनि एक जुट भएर यसकै छत्रछायामा काम गर्ने अपील गर्दै समग्र तामांङ सन्तानलाई एक भएर अघि बड़ने सुझाव दिए | हिजको समारोहमा सभासद जीटीए सभासद रबिन लामा,नर्बुजी लामा अनि रमेश लामा उपस्थित थिए भने आज तेस्रो दिनको कार्यक्रमा प्रमुख अतिथि गीता तामांङ बिशिष्ट अतिथि दार्जीलिंङ अतरिक्त जिल्लापाल गोपाल लामा उपस्थित थिए | उक्त तीनदिने कार्यक्रममा गायिका ऋषिका लामा अनि अन्य कलाकार गीत  साथै प्रत्येक  शाखा बाट आएका तामांङ सन्तानले वहाई गीत अनि जातीय  नित्य प्रस्तुत गरे | आजको अन्तिम दिनमा कार्यक्रममा धर्मगुरु खेम्पो राँगडुल रिम्पोछेको बाहुलीबाट भक्तजनहरुलाईअभिषेक (वांङ) वितरण गरियो | यसरी आगामी बर्ष २०१४मा अखिल भारतीय तामांङ बौद्ध संघको ३० वा अधिबेसन केन्द्र समितिको आयोजनामा सालबारीमा हुने सरसल्लहा भईरहेको जानकारी संघको पक्षमा प्रकाश बम्जनले दिएका छन |

स्थानीय रोहिणीमा अखिल भारतीय तामांङ बौद्ध संघको तीनदिने २९ औ अधिबेसन२३,२४,अनि २५ जनवरीको दिन के.एम तितुङको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.