मङपूको आइतबारे हाटमा बढ्दैछ भीड



Sunday Haat Bazar in Mungpoo
मङपू,१९ जनवरी: “सौगात हाट” मंग्पूको तत्वधानमा संचालन भइरहेको साप्ताहिक आइतबारे हाट आज दोश्रो पल्ट पनि भीडको साथ बित्यो | मङपू लगायत छिमेकी क्षेत्रहरुका मानिसहरुको असुविधा र आवश्यकतालाई ध्यानमा राख्दै धेरै वर्ष अघि देखि नै अनि थुप्रै ब्यक्ति समुहहरुले मङपूमा यस प्रकारको हाट बजार लगाउने योजना बनाएको भएतापनि आज पर्यान्त सफल भएको थिएन जो आज “सौगात हाट” मङपूले त्यो सपनालाई पुरा गरिदिएको छ | यस भन्दा पहिले मङपू अनि वरिपरिका मानिसहरु आफ्नो खाद्य सामग्री अनि अन्य थोकहरु खरिद गर्न टिस्टा हाट, कालेबुंग हाट अनि सोमबारे सालुगडा हाटतिर जाने गर्थो तैपनि ती स्थानहरुबाट किनेर ल्याउँदा गाडी भाडा महँगो पर्ने हुँदा त्यति लाभदायक नहुने बुझेर नै प्राय: जसो मानिसहरु स्थानीय पसलहरुबाट नै किन्ने गर्थ्यो | यसरी आज मङपू भित्र नै हाट लाग्ने गरेकोले स्थानीय मानिसहरु बिहानै देखि हाट भर्न आएको जानकारी सौगात हाटको पक्षमा गगन राईले दिएका छन् |
समतल अनि स्थानीय ब्यापारीहरुले राख्ने गरेको पसलहरुमा आज पहिलेको हप्ता भन्दा पसलको संख्या धेरै बढेको अनि आज अन्य धेरै स्थानीय पसलेहरुले पनि पसलको निम्ति नाम दर्ता गरेको जानकारी छ | दोश्रो पल्टको हाटमा उपस्थित भीडहरुमा  “हाटमा किन्दा खाद्य सामाग्रीहरु स्थानीय पसलहरुमा भन्दा धेरै नै सस्तो पर्नेरहेछ  अनि अब उसो प्रत्येक हप्ता यतैबाट किन्नु पर्ने रैछ” - जस्ता गुनगुनहरु पनि सुनिएको थियो | लुगा–फाटा,चामल-तेल,मर–मसला,सब्जी आदि आवश्यक खाद्य सामग्रीहरु सुपत मूल्यमा पाइने मङपूको आइतबारे हाटमा बिहानै देखि मानिसहरुको घुइँचो बढेको भएतापनि ढिलो गरि आउने साथै मंग्पूका छिमेकी क्षेत्रहरुबाट आउने मानिसहरु हाट बजार पुग्दा प्राय: सामानहरु बिक्री भइसकेको अवस्थामा पाइएकोले ती मानिसहरु निराश भएर फर्केको पनि देखिएको छ भने ती ब्यापारीहरुले ज्यादातर मानिसहरुको आवश्यकतालाई पुरा गर्न नसकिरहेको र पसलको संख्या अझ धेरै बढाउन पर्ने स्थिति देखिएको छ | यति मात्र नभएर ती पसलेहरुले कम्ति  मूल्यमा बोराको बोरा साग – सब्जीहरु स्थानीय पसलेहरुलाई बिहानै बिक्री गरेको हुनाले पनि हाट भर्न आएका मानिसहरुले सही समयमा सामग्रीहरु किन्न नपाएको गुनासो छ भने सोही विषयमा संचालकको पक्षमा गगन राईसंग बुझ्न चाहँदा आउँदो सप्ताह देखि यस्तो गर्न नदिने र मङपू अनि मङपू वरिपरिका मानिसहरुको आवश्यकताको मात्रालाई ध्यानमा राख्दै आउँदो दिनहरुमा  पसल संख्या बढाउँदै वृहत रुपमा हाट लगाउने जानकारी पाइएको छ |

“सौगात हाट” मंग्पूको तत्वधानमा संचालन भइरहेको साप्ताहिक आइतबारे हाट आज दोश्रो पल्ट पनि भीडको साथ बित्यो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.