गोजमुमोले भाजपा प्राथीलाई सहयोग गर्ने निश्चित भएपछि लाब्दा मङपु समष्टिमा गोजामुमोको शाखाद्वारा बुथ कमिटि गठन गर्ने क्रम जारी छ | आज स्थानीय रम्बी बीचकमानमा बी.बी.मोक्तानको अध्यक्षतामा चुनाव बुथ कमिटि गठन गरियो | रम्बी बीचकमान गोजामुमो बुथ कमिटि सभापति बी.बी.मोक्तान,उपसभापति बम बहादुर थापा,सचिव दुई पुरण राई,निर्मल छेत्री.कोषाध्यक्ष बिनय गुरुङ लगायत १० जना कार्यकारिणी सद्श्यको रुपमा चयन गरियो | आजको सभाको संचालन गोजामुमो रम्बी बीचकमान शाखा सचिव सुजित तामंङले गरेको थिए भन्ने जानकारी गजेन्द्र गुरुङले दिएका छन |