मङपु१४मई(केशर मोक्तान): आज भगवान बुद्धको २५५८ वा जन्म जयन्ती
मङपु वरिपरिका सार्बजनिक बौद्ध
गुम्बामा भब्यताको साथ पालन
गरियो | स्थानीय लाब्दा दोङाग
छोयलिंङ सार्बजनिक बौद्द गुम्बामा
१०८ बत्ती बाली पुजार्चना गर्दै
खियो रिग्जीन छिन्मो रिम्पोछेको
बाहुलीबाट भक्तजनहरुलाई छेवांङ
प्रदान गरियो | आज बिहान ९ बजे
गुम्बा परिसरबाट भक्तजनहरुले
१०८ पुस्तक टाउकोमा बोकी बुम
परिभ्रमण गरे | यसरी योग साधक
अनि गुम्बाका प्रमुख सरक्षक
टी.लाचुङपाले स्वास्थ्य सम्बन्धी
ज्ञानका कुरा उपस्थित भक्तजनहरुलाई
सुनाए अनि यस लाब्दा गुम्बा निर्माणको निम्ति सम्पूर्ण
जातिले एक भएर सहयोग पुराएकोमा
आफुलाई पनि एकदमै खुशी लागेको
बताउदै यहाको एकता देखेर नै
आफुले पनि गुम्बा निर्माण
निम्ति सहयोग हात बढाएको अनि
गुम्बा निर्माणको निम्ति अझै
सहयोग गर्ने कुरो माथि जोड
दिए | आज रिम्पोछेको अभिषेक ग्रहण
गर्न सिलगढी,दार्जीलिंङ,कालेबुंङ,का लीझोड़ा,लोहापुल
लगायत मङपु वरिपरी क्षेत्रबाट
हजारौं संख्यामा श्रदालु भक्तजनहरु
उपस्थित रहेका थिए | उक्त गुम्बामा
गत १० मई देखि पुजाअर्चना शुरु
गरिएको थियो भने यस पुजा एवं
बुद्धजयन्ती समारोहमा सहयोग
गर्ने सम्पूर्ण भक्तजनहरुलाई
गुम्बा पुजा आयोजक समितिले
आभार व्यक्त गरेका छन |