मङपु२७मई(केशर मोक्तान): सिन्कोना अनि अन्य औषधिय पौधाहरुका
निर्देशक डा.सामुएल राईसित
दातडुप्लालेयु मङपु जोन प्रतिनिधिवर्गले
निर्देशकको कार्यलयमा भेट गरि
श्रमिक अनि बगान सम्बन्धमा
धेरै चर्चा - परिचर्चा गरे | श्रमिक
अनि कर्मचारीवर्गको जीर्ण अवस्थामा
रहेको घर सम्बन्धमा निर्देशकद्वारा
यस बिषयमा अगावै पत्राचार भईसकेको
साथै राशी अवानटित पनि भईसकेको
बताउदै आगामी केहि दिन भित्रमा
यो राशी जीटीए मार्फत निर्देशकलाई
प्राप्त भए पछि घर निर्माण
शुरु गरिने बताए | बिगत धेरै
महीना देखि थातीमा रहेको रोज बृद्दी
अनि बढोत्तरी भएको महंगी भत्ता
नया गरि बील तयारी गरिसकेको
र सरकारलाई आज नै स्पीट पोस्टद्वारा
पत्राचार गरि श्रमिकवर्गलाई
बितरण गरिने निर्देशकले
बताए | कर्मचारीवर्गको पद्दोनत्ती
निरन्तर रुपले भईहेको साथै
चार व्यवस्थापक अधिनस्त रिक्तपदको
सुची अनुरुप यसलाई निरन्तर
रुपले कार्य गर्ने जनाए | बगान
अधिकारीगनको धेरै रिक्त पद
रहेको अनि यूनियन पक्षबाट
अधिकारी नियुक्तिको मांग रहेकोले
सरकारबाट यसलाई पहल गर्दै राज्यसरकार
कै अधिनस्त पब्लीक सर्विस कमिसनद्वारा
गरिने हुनाले केही समय लाग्ने
युनियन टोलीलाई निर्देशकले
औगत गराए | तथापी अधिकारीगण नियुक्तिको
निम्ति सरकार पक्षलाई निर्देशकद्वारा
अगावै पत्रचार भईसकेको जनाए | अन्य
खेतीहरुमा मसरुम,अचील,सुनाताला
फुल सबै खाद्य रहेकोले यसलाई
यथासम्भाव बिकाश गर्दै अघि
बढाउने र बर्तमान यस खेतीलाई
भन्दा सिन्कोना अनि इपिकेकलाई
नै प्रथामिकता दिनु पर्ने यूनियनपक्षबाट
निर्देशकलाई अपील गरियो | वर्तमान
सिम्बोडियम अर्किडबाट धेरै
नै राम्रो आम्दानी भईरहेको
निर्देशकले यूनियन टोलीलाई
जानकारी गराए | उक्त बिषयमा
सरकारबाट चाड़ो पाइला चाल्दै
श्रमिकको हितमा सम्बेदनशील
भईदिने आग्रह युनियन पक्षबाट
सिन्कोना निर्देशलाई राख्दै
आवश्यक भए उच्चस्थ निकायलाई यूनियनले
पत्राचार साथै भेटवार्ता समेत
गर्ने निर्देशकलाई बताए | आजको
भेटवार्तामा दातडुप्लालेयुको
पक्षबाट सचिव किशन बुढ़थोकी,सदस्य
के.बी.गुरुङ, बीरबल राई,मिरेंन
बम्जन,राजेश तामांङ,बाला तामांङ
अनि बिकाश गुरुङ उपस्थित थिए |
उक्त जानकारी यूनियन सचिवले
एक बिज्ञप्ती मार्फत दिएका
छन |
