गोरामुमोको श्रमिक संगठन
एचपीडब्लुयु अनि टीएमसीको
श्रमिक संगठन एआईटीयुसीद्वारा
आज सिन्कोना बगान निर्देशकलाई
एकै साथमा भेटवार्ता गर्दै
सिन्कोना श्रमिकवर्गको समस्यलाई
लिएर ज्ञापन पत्र चडाए | एचपीडब्लुयु
सभापति चमन प्रधानको नेतृत्वको
टोलीले बगान निर्देशकलाई
भेटगर्दै यहाको सिन्कोना कारखाना
चलाउने प्रक्रिया शुरु भएकोले
सिन्कोना बगानको बोक्रा(चाम्रा)
बेच्ने कार्य माथि रोक लगाउने
अनि यदि सिन्कोना बोक्रा
बिक्रि गर्न परिहालेको खण्डमा
मजदुरको हितमा साथै सरकारको
आर्थिक अवस्थालाई मजबुत गर्न
नयाँ टेन्डर गर्न पर्ने सुझाव
राख्दै बगान निर्देशकलाई यूनियनको
पक्षमा ज्ञापन चड़ाइयो | यस्तैगरि
बगान निर्देशलाई भेट गर्दै
एआईटीयुसी मङपु शाखाले पनि
पार्टी सयोजक पवन बलको नेतृत्वमा
सिन्कोना बोक्रा फेरी पनि बिक्री
हुन् लागेको खण्डमा बगान
निर्देशकलाई औगत गराउदै पहिले
पनि अब्यवास्थित तरिकाले सिन्कोना
बोक्रा बिक्री भएकोले यस
चोटी सिन्कोना बोक्रा बिक्री
गरिन्छ भने हाम्रो संगठनको
सोच कार्यप्रणालीलाई ध्यानमा
राख्दै सबै युनियनहरुको परामर्शमा
मात्र सिन्कोना बोक्राको सही
मुलियांकन गर्दै नयाँ निविदा
(टेन्डर)तथा बोलीदवार बिक्री
गरियोस भन्ने मांग गरेका
छन | सिन्कोना बगानको उत्तर उत्तर
प्रगतिको कामना राख्दै गरीब
मझदुरहरुको हित गर्नु नै हाम्रो
संगठनको मूल लक्ष्य हो भन्दै
धेरै लामो समय देखि बन्द रहेको
मङपु कुलेन कारखानाको पुनः
संचालन गर्न नै युनियनको लक्ष्य
रहेको हुनाले युनियनको परिकल्पना
सोच र टेकलाई ध्यानमा राख्दै
यस गम्भीर बिषयमाथि उचित कारवाही
गरिदिने मांग बगान निर्देशक
डा.सामुएल गुरुङलाई राख्दै
उक्त बिषयमाथि यूनियनले ज्ञापन
पत्र चडाए | उक्त ज्ञापन पत्रको
प्रतिलिपि युनीयनले सिन्कोना
बगान निर्देशको साथ साथमा जीटीए
सिन्कोना बिभाग सभासद सामुएल
गुरुङ, खाद्य एवं प्रकरण बिभाग
मन्त्री राज्य सरकार,उतरबंगल
बिकाश मन्त्री गौतम देव ,सचिव
सिन्कोना एवं औषधी पौद्दाहरुलाई,दुर्गा
खरेल मनोनित सभसाद जीटीए अनि
क्षेत्रीय सभासद रतन थापालाई
पनि पठाउने भएको छ | अर्कोतिर
सिन्कोंना बिभागमा आएको सिम्बोडियमको
फण्ड,साथै नेशनल प्लान्ट मिस्सन
फण्डको रकम जीटीएमा आएर रोकिएको
हुनाले चाडै नै सिन्कोना निर्देशालय
पठाईदिने एआईटीयुसी युनियनले
मांग गरेका छन | यस्तै गरि सिन्कोना
श्रमिकको हितमा उक्त यूनियन
टोलीले काम गरिरहने जानकारी
युनियन सचिवले दिएका छन |
