मङपु२१मई(केशर मोक्तान): कालेबुंङ बिधुत क्षेत्र
अन्तरगत पर्ने टिस्टा फिडरमा
आगामी २३,२४ अनि २५ मई को दिन बिजुली
मर्मती कार्य हुने भएकोले तिनदिन
बिहान ८बजे देखि ५ बजे सम्म
बिधुत काटिने जानकारी कालेबुङ
बिधुत बिभाग अधिकारी (एई) प्रभासिका
राईले जानकारी दिएका छन | टिस्टा
फिडर अन्तर्गत पर्ने कालेबुंङ
३,४,५,६,७,अनि ८ माइल,छिबु बस्ती,मल्ली,टिस्टा
बजार,रम्बी बजार,२९ माइल,लोहापुल
सुन्तले,मङपु,लाटपन्चर,शेल्पू, सिटोङ,अनि
कर्मठ आदि क्षेत्रमा तीन दिन
नै बिहान ८ बजे देखि ५ बजे सम्म
९ घण्टा बत्ती काटिने भएको
छ | यस्तै गरि २५ मई आइतबारको
दिन भने कालेबुंङ शहर अन्तर्गत
म्यन रोड,महकुमा कार्यालय,कालेबुंङ थाना,१०माइल, हार्टबजार,
मंगलधाम,महकुमा अस्पताल,तिरपाई
होम्स अनि डेलो क्षेत्रमा
बिहान ८ बजे देखि ४ बजे सम्म
८ घण्टा बत्ती काटिने विभागीय
अधिकारीले जानकारी दिएका छन | अर्कोतिर
रे फिडर अन्तर पर्ने कालेबुंङ
क्षेत्र११,१२,१३,१४,१५,१६,१७
माइल,अलगड़ा,लाभा,पेदोंङ,कागे,लि ंग्से,अनि
कोलाखाम क्षेत्रमा २३ मई देखि
१ महीना सम्म २ बजे बेलुकी देखि
साझ ६.३० बजे सम्म बत्ती काटिने
जानकारी कालेबंङ बिधुत बिभाग
अधिकारीले दिएका छन | यी समस्त
क्षेत्रहरुमा बिजुलीको सानो
तार निकालेर ठुलो तार लगाउनु
पर्ने अनि मर्मत गर्नु पर्ने
भएकोले नै बिधुत बिभागले बत्ती
काट्न बाध्य भएको थाहा लागेको
छ |
