४८ घण्टा बन्द पछि मङपु खुल्ला रह्यो, पुलिसले दोषीहरु बिरुद्द छापामारी अभियान जारी राख्ने

strike withdrawn after TMC GJM clash in mungpoo
टीएमसी कार्यकर्ताहरुले मोर्चा कार्यालय तोडफोड गरिएको अनि मोर्चा समर्थकलाई प्राणघातक हमला गरेको घटनालाई लिएर १९ मई देखि बन्द गरिएको मङपु आज ४८ घण्टा पछि खोलिएको छ | आज यहाको सम्पूर्ण दोकान पाट,यानवाहन,शैशिक संस्थान सबै नै खुल्ला रह्यो | यदपि प्रशासनको पक्षबाट भने मङपु बजार अनि नालीडाड़ा परिसरमा दिन भरि नै रेफ फोर्स अनि पुलिस दल तैनाथ गरिएको देखियो | उक्त दिन घटेको घटना सम्बन्धमा पुलिसले मोर्चा अनि टीएमसी पार्टीका एक एक जना समर्थकलाई पक्राउ गरेर दार्जीलिंङ अदालतबाट हिज नै बेल भए पछि आज  स्थिति सामान्य रहेको थियो | उक्त घटनाको आरोपीहरुलाई पुलिसले रातभरि छापामारी अभियान चलाएर खोज तलाश जारी राखिएता पनि अहिले सम्म ती दोषी व्यक्तिहरुलाई पक्राउ गर्न भने सकिएको छैन | फलत पुलिसले प्रथामिकी दर्ता रहेको दोषीहरु बिरुद्द भने छापामारी अभियान जारी राख्ने भएको छ | दुई दिन सम्म तनावपूर्ण बनेको मङपुमा आज देखि बिस्तारै शान्ति छाएको छ |

टीएमसी कार्यकर्ताहरुले मोर्चा कार्यालय तोडफोड गरिएको अनि मोर्चा समर्थकलाई प्राणघातक हमला गरेको घटनालाई लिएर १९ मई देखि बन्द गरिएको मङपु आज ४८ घण्टा पछि खोलिएको छ |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.