मंग्पू २० मई: हिज
मंग्पूमा टिएमसी द्वरा मोर्चा
कार्यलयमा तोडफोड अनि मोर्चा
समर्थक माथि जानलेवा हमला गरिएको
घटनालाई लिएर ८६ को आन्दोलनमा
समेत शान्त रहेको मंग्पू हिज
बिहानदेखि अचानक अशान्त बनेको
छ | यसै घटनालाई केन्द्र गरेर
हिजदेखि नै मंग्पू क्षेत्रमा
अघोषित बन्द चलिरहेको छ | घटना
पछि मंग्पू पुलिस चौकीमा दुवै
पार्टीका नेतृत्वहरुले प्राथमिकी
दर्ता गरेका छन् भने यता
मोर्चा पक्षका नेतृत्वहरुले
मोर्चा समर्थक अदीप तामांगलाई
कुटपिट गरेर खुट्टा भाँचिदिएको
आक्रोशमा मंग्पू भरी नै विरोध
जुलुश गरेर अन्तमा मंग्पू पुलिस
चौकीमा पुगेर घेराउ गर्दै दोषीहरुलाई
यथाशिघ्र पक्राउ नगरे ठूलो
आन्दोलन गर्ने चेतवानी दिएका
थिए| यही घटनालाई लिएर दबाउमा
परेको पुलिश पक्षले मंग्पूमा
हिज देखि नै आइआरबी,रयाफ र सीआरपीएफका
जवानहरु लगाएर दोषीहरुलाई
हिज रातभरी छापामारी गरेको
समाचार छ | पुलिसले हिज राति
गरेको छापामारी अभियानमा एक
मोर्चा समर्थक दिवस(बुकु) राईलाई
पक्राउ गर्दै उनी माथि गाडी
तोडफोड गरेको आरोपमा आइपीसी
धारा ३४४, ४२७, ३२३, ३४ अनि ३७९
थोपिएको अनि अर्का टिएमसी समर्थक
संजय थापालाई पनि पक्राउ गरेर
अफिस तोडफोड गर्दै पैसा लुटपाट
गरेको आरोपमा आइपीसी धारा ३७९,
४२७, ३४१, ३२४ थोपिएको छ भने
दुवै आरोपीहरुको आज बेल भएको
जानकारी क्रमश: मोर्चा नेता
रतन लामा अनि टिएमसी संयोजक
पवन बलले बताएका छन् | मोर्चाले
दिएको २४ घण्टाको अल्टिमेटम
भित्रमा पनि आरोपी टिएमसीका
नेता – समर्थकहरुलाई पुलिसले
पक्राउ गर्न नसकेकोमा क्षेत्रभरि
नै सम्पूर्ण शैक्षिक संस्थान,
दोकान पाट , यान – वहान सबै नै
बन्द गरिएको छ |
आज
पनि मोर्चा समर्थकहरु बिहानदेखि
भीडको साथ् भेला भएर आरोपी
विरुद्ध जुलुश निकाल्दै पहाडको
शान्तिमय वातावरणलाई भंग गर्दै
अशान्ति फैलाउन चाहने सम्बन्धित
आरोपीहरुलाई प्रशासनले चाडो
भन्दा चाडो पक्राउ गर्नु पर्ने
माग गरेका छन् | मंग्पूको बिग्रँदो
स्तिथिलाई मध्यनजर गर्दै प्रशासनले
पनि आज बिहान देखि नै सीआरपीएफ,आइआरबी
र रयाफ फोर्स तैनाथ गरेर वातावरण
शान्तिमय राख्ने काम गरेका
थिए भने हिजको घटनाको कारण
फेरी कुनै ठुलो घटना हुन सक्ने
आशंकाले आज दार्जीलिंग एसपी
स्वय पनि घटनास्थलमा उपस्थित
रहेर स्तिथिलाई गिद्ध नजर गरेका
थिए |
यही
सन्दर्भमा लाब्दा मंग्पू समष्टि
सभासद रतन थापाले बताएका छन्
कि मोर्चाको कार्यलय तोडफोड
गर्दै मोर्चा समर्थक माथि ज्यानलेवा
हमला गर्नेहरुको विरुद्धमा
प्राथमिकी दर्ता गरिएको छ र
कानुन सबैमा बराबरी लागु हुनु
पर्छ, कुनै राजनैतिक पार्टी
बिशेषमा अलग अलग कानुन लगाएर
हुँदैन, हामीले दोषीहरु माथि
एफआइआर दर्ता गरेका छौँ अब
प्रशासनले आफ्नो काम गरेको
हुनु पर्छ भन्दै आज टिएमसी
कै समर्थकहरुले मोर्चाको कार्यलयमा
तोडफोड गर्दै अझ मोर्चाकै समर्थकलाई
पक्रनुमा निक्कै ठुलै षड्यन्त्र
रहेको बताएका छन् र यस्तो अवस्थामा
हामीले उत्तेजित भएर होइन तर
धर्यको साथ बुद्धि पुराएर कदम
चाल्नुपर्छ भनि बताएका छन्
| आजको बन्द कुनै लिडरले गरेको
होइन तर शान्तिमय वातावरणमा
अशान्ति बनाउंदै मोर्चाको
कार्यलय तोडफोड साथै निर्दोष
व्यक्तिहरुमाथि ज्यानलेवा
हमला गर्नेहरुको प्रतिवाद
गर्दै झट्टै पक्राउ गरिनुपर्ने
मागमा जनताले गरेको अनिश्चितकालिन
बन्द हो र यो कहिले खोलिने त्यो
जनताले नै बताउने कुरो पनि
सभासद थापाले जनाएका छन् |
यता
यही घटना विषय टिएमसी लाब्दा
मंग्पू समष्टि संयोजक पवन बलसित
सम्पर्क गर्दा घटनाको जिम्मेवार
स्वय सभासद रतन थापा र उनको
समर्थकहरु नै रहेको बताएका
छन् | आफ्नो समर्थकहरुलाई पार्टी
खुवाउँदै मदपान गराएर सही बाटोमा
हिडाउन नसकेको कारण नै यस्तो
घटना भएको हो र यस्तो कुकर्म
गर्ने – गराउनेहरु विरुद्ध
पुलिस प्रशासनले कडा कारवाही
गर्नु पर्ने बताएका छन् |
