मङपु
ग्राम सुधार समितिको तत्वाधानमा
कृषि सम्बन्धी सचेतना शिबिर
सम्पन्न भयो | कालेबुंङबाट
चार जना कृषि विभागका विज्ञानविदहरु
डा.साजिद अलि,डा प्रणब बर्मा,डा.भोज
बहादुर गुरूङ,अनि डा.निर्मल
बागदास उपस्थित थिए | रबिन गुरूङले
संचालन गरेको समारोहमा सुन्तलामा
लाग्ने रोगहरुबाट कसरी निवारण
गर्न सकिन्छ भन्ने बिषयमा
डा साजिद अलिले वार्ता प्रस्तुत
गरे भने सुन्तलामा बोटमा लाग्ने
रोग निवारण सम्बन्धमा कृषक
अनि डा.अलि माझ अन्तक्रिया
कार्यक्रम सम्पन्न भयो | यसरी
अलैची र अधुवामा रोग लाग्दा
यसमा लाग्ने रोगहरुलाई कसरी
निवारण गर्न सकिन्छ भन्ने बिषयमा
डा.प्रणव बर्माले विस्तृत रुपमा
कृषक दाजु भाईलाई जानकारी गराए |
Post a Comment
We love to hear from you! What's on your mind?