स्थानीय लाब्दा खाश निम्न
बुनियादी पाठशालाका बिधार्थी
नानीहरुलाई शिक्षा आर्जन गर्नको
निम्ति हालैमा सिन्चेल रेन्ज
जोरबंग्लो बन बिभागबाट डेस्क बेन्च
बितरण गरियो | सिन्चेल बन बिभागका
रेन्जर उत्तमचन्द्र प्रधान,सत्यम
छेत्री अनि बडाबाबु ललित प्रधानको
उपस्थितिमा नानीहरुलाई पठन
पाठनको सुबिधाको निम्ति उक्त
डेस्क बेन्च बितरण गरियो | लाब्दा
खाश निम्न बुनियादी पाठशालाका
बनबिभागको इको डेभलपमेन्ट
कमिटि अधिनस्थ रहेको कारण नै
उक्त सरसमान पाठशालालाई बितरण
गरिएको हो | उक्त समय लाब्दा
खाशमल ईडीसी का सम्पूर्ण सदश्य
सदश्यगण उपस्थित थिए भने बिधालय
परिवारको पक्षबाट पाठशालाका
प्राध्यपिका पवित्र राईले
सिन्चेल बन बिभागप्रति आभार
व्यक्त गरेका छन | बिधालय परिवारले
आगमी दिनमा यस पाठशालालाई मर्मति
गरिदिने पनि बन विभागलाई निवेदन
गरेका छन भन्ने जानकारी पाठशालाका
सहशिशाक अजय छेत्रीले एक बिज्ञप्ती
मार्फत दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?