गोर्खा जनमुक्ति युवा मोर्चा
केन्द्रिय समितिको निर्देश
अनि गोजायुमो लाब्दा मङपु समष्टिको
आयोजनामा आज स्थानीय रम्बी प्राथामिक
स्वास्थ्य केन्द्रमा रक्तदान शिविर सम्पन्न भयो | उक्त रक्तदान
शिविरमा ५३ जनाले रक्तदान गरे | यस
शिविरमा जीटीए सभासदहरु क्रमैले
रतन थापा,प्रकाश गुरूङ,संजय
थुलुङ,काजीम छिरिंङ भुटिया
लगायत गोजायुमो केन्द्रिय
समतिका सदश्यहरु उपस्थित थिए | स्वास्थ्य
विभागको पक्षमा डा.सी.के छेत्री, डा.रेणुका
लामा,लगायत कालेबुङ ब्लड ब्यांकबाट
सुजीत सुब्बा,केन्द्र घिसिंङ,आनन्द
मुखिया अनि सोनाम लेप्चाले
सहयोग पुराएका थिए | उक्त रक्तदान
शिविरमा सहयोग पुराउने सम्पूर्ण
जनता,स्वास्थ्यकर्मी टोली,अनि
पार्टीका कार्यकर्ताहरुलाई
आयोजक समितिका सचिव विकास गुरूङले
धन्यवाद दिएका छन भन्ने जानकारी
गोजायुमो समष्टि अध्यक्ष बिज्ञान
मिश्रले दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?