मङपु युथ बोईज क्लबको तत्वाधान
स्थानीय जनमैदानमा आजदेखि
सम्पन्न भएको राज्य स्तरीय
फुटबल गोल्ड कप टुर्नामेन्ट २०१४
उद्घाटन खेलमा कन्चनजंगा फुटबल
एसोसिएसन(केएफए)सिलगडीले रोयलएफसी
सिलगडीलाई ० को बिरुद्ध ३ गोल
गरि क्वाटर फाईनलमा प्रवेश
गरेका छन | आजदेखि शुरु भएको
फुटबल खेलको उद्घाटन समारोहका
प्रमुख अतिथि क्षेत्रीय सभासद
रतन थापाले बललाई खुट्टाले
हानेर खेल शुरु गरे | यसरी खेल
शरु भएको २० मिनटमा कन्चनजंगा
फुटबल एसोसिएसन(केएफए)का १८
नम्बर जर्सीधारि निग्रो खेलाडी
रेमण्डले आकर्षक गोल गरेर
आफ्नो टोलीलाई १ गोल गरेर अघि
बढाए | दोश्रो हाफको 15 मिनटपछि
केएफएका ४ नम्बर खेलाडी अर्पण
राईले फेरी दोश्रो गोल गरे
भने अन्त्यमा दोश्रो हाफको
३० मिनटमा ७ नम्बर खेलाडी रिगदेंन
लामाले आफ्नो दलको पक्षमा आकर्षक
तेस्रो गोल गोल दाग्न सफल भए | रोयल
एफसीका खेलाडीहरुले गोललाई
बराबरी गर्ने कोशिष गरेता पनि
उनीहरुले विपक्षीको नेटमा
कुनै गोल गर्न सकेनन् | आजको
खेलको अध्यक्ष मङपु सिन्कोना
बगान व्यवस्थापक बिदुर कार्की
अनि प्रमुख अतिथि रतन थापाले
खेल शुरु हुन् अघि खेलाडीहरुसित
परिचयको आदान प्रदान गरे | मङपु
युथ बोईज क्लबको तत्वाधान सम्पन्न
भएको गोल्डकप फुटबल टुर्नामेन्टको
२०१४ को दोश्रो खेल भोली २२
सेप्टेम्बरको दिन समय २:३०
बजे स्थानीय मैदानमा मङपु युनाइटेड
बनाम साई सिलगडीमाझ भीडन्त
हुनेछ | उक्त गोल्डकप फुटबल खेलको
मिडिया पाटनर हिमालय दर्पण
रहेको छ |

Post a Comment
We love to hear from you! What's on your mind?