मङपु२७सेप्टेम्बर(केशर
मोक्तान): अग्रेजहरुको शासनकालमा निर्माण
गरिएको मङपु कुलैन कारखानाको
बिजुली हालसम्म काटिएको थिएन
भने तीन महीनाको बिधुत बिभागलाई
बिल नतिरिएको कारण हिजदेखि
सिन्कोना विभागको बत्ती बिधुत
बिभागले काटिदिएको छ | बिधुत
बिभागलाई जुलाई,अगष्ट अनि सेप्टेम्बर
२०१४को बिल १लाख ५२ हजार ८ सय
२ रु ३७ पैसा नतिरिएको कारण
नै बिधुत विभागले हिज २६ सेप्टेम्बरको
को दिन समय १ बजे दिउसो देखि
मङपु सिन्कोना विभागको कार्यलयहरुमा
समस्त बिजुली बत्ती काटिदिएको
थाहा लागेको छ | सिन्कोना बिभागलाई
मङपु बिधुत बिभागले बिल भुक्तान
गरिदिने अपील गर्दै११ सेप्टेम्बर
पत्रचार गरिएता पनि बिल तिर्ने
अन्तिम मिति १८सेप्टेम्बर
२०१४ सम्म बत्तीको बिल सिन्कोना
बिभागले नतिरेको कारण नै हिज
देखि बत्ती काट्न बाध्य भएको
जानकारी मङपु बिधुत बिभागका
अधिकारी सन्जीब सुब्बाले दिएका
छन | उक्त बिषयमा सिन्कोना बगान
निर्देशकसित जान्न चहादा बगान
निर्देशक डा.सामुएल राईले सिन्कोना
निर्देशालयबाट बत्तीको
बिल अगावै जीटीए सिन्कोना विभागमा
पठाएता पनि हालसम्म जीटीएको
फाईनेन्स विभागबाट बत्तीको
बील नआएको कारण नै मङपु कुलैन
कारखानाको बत्ती काटिन पुगेको
जनाए | मङपु कुलैन कारखानाको
बत्ती काटिएको कारण यसको
चपेटमा सिन्कोना बगानको व्यवस्थापक
कार्यलय अनि मङपु सरकारी अस्पताल
पनि पर्न गएको छ | बत्ती काटिएको
कारण मङपु सरकारी अस्पतालमा
बिरामीहरु लालटिनको भरमा बस्नु
पर्ने बाध्यता छाएको छ | अस्पतालमा
बिधुतले चल्ने यन्त्रहरु ठप्प
रहको कारण डक्टर साथै स्वास्थ्य
कर्मीहरुलाई कार्य गर्न धेरै
नै असुबिस्ता भईरहेको जन्नामा
आएको छ भने कुनै पनि बिरामीलाई
अक्सिजनमा कमोसटेबल गेस रहने
भएको कारण लालटिन बत्तीको
नजिकबाट अक्ससिजन दिन नसकिने
मङपु अस्पतालका डक्टर एस.के
गुरूङले दिएका छन | आज पनि एक
जना बिरामीलाई अक्सीजन दिन
नपाएको कारण एक व्यक्तिको मङपु
अस्पतालमा नै निधन हुन् पुगेको
जानकारी मङपु अस्पतालका डक्टरले
दिएका छन | अस्पतालका डाक्टरले
सिन्कोना बगान कृतपक्षले झट्टै
अस्पतालमा बिधुत जडान नगरिदिए
उनले बिरामीहरुलाई अक्सिजन
दिन नसकिने भएको कारण अस्पतालमा
आएका रोगीहरुलाई अन्यत्र ठाउमा
स्थान्तरण गरिदिने बताए | डक्टरले
यस बिषयमा सम्बन्धीत बिभागका
अधिकारी कहाँ पत्राचार गरिसकेको
बताएका छन | अग्रेजको शासनकाल
देखि अहिले सम्म नकाटिएको सिन्कोना
विभागको बत्ती हालमा आएर जीटीएबाट
बिल भुक्तान हुन्नसक्दा बत्ती
काटिन पुग्नु लाज्स्पद कुरो
हुनको साथै र प्रशनको चिन्ह
खडा भएको छ | सिन्कोनामा बत्ती काटिएको
२४ घण्टा बितिसक्दा पनि कुनै
पनि राजनैतिक पार्टीका नेतागण
यस जल्दोबल्दो समस्यको बिषयमा
अघि आएका छैनन् | आज सिन्कोना
कार्यलयमा बत्ती काटिएको
कारण बिधुतले चल्ने यन्त्रहरु
पूर्णरुपले ठप्प भएको छ भने
भोलिको दिनमा सिन्कोना बगानमा
थुप्रै समस्या देखा पर्ने छाट
देखिएको छ | उक्त काटिएको बिजुलीबत्ती
बिल कहिले भुक्तान गर्ने? र
सिन्कोना विभागमा बत्तीको
कारण भएको समस्यलाई कसले सुलजाउने
प्रश्न नै प्रश्न खडा भएको
छ |

Post a Comment
We love to hear from you! What's on your mind?