गोरामुमो
मङपु शाखाको तत्वाधानमा गोरामुमो
समर्थकहरुले दागोपाप झट्टै फर्काइदेउ भन्दै रेसेप कटुवाल
गोलाई देखि मङपु बस स्ट्यान्ड
सम्म एक रयाली निकाले | उक्त
रल्यी नालीडाड़ा आइपुगी पथ सभामा
परिणत भयो | सभालाई सम्बोधन गर्दै
गोरामुमो खर्सांग ब्रान्च कमिटि
सचिव रबिन लामाले सरकारले आँखामा
धुलो हालेर जीटीए थोपेको आरोप
लगाउदै जीटीएले राष्टिय चिन्हारी
नबोक्ने ठोकुवा गरे | सचिव लामाले
सरकारले दागोपापलाई झट्टै फर्काउनु
पर्छ,नत्र छैटौं अनुसूची दिन
पर्छ,नत्र गोर्खाल्याण्ड दिन
पर्छ भनि मांग गरे | उनले हरियो
झन्डाले मात्र माटो र जातिको
उद्दार गर्नेछ भनि जनाए | गणेश
ठकुरीले संचालन गरेको सभामा
गोरामुमो खरसंग ब्रान्च कमिटिका
प्रचार प्रसार सचिव दया देवानले
गोर्खाहरुको अस्तीत्व र जाति
चिनाउने पवित्र शब्द गोर्खाल्याण्ड हो
र सुबास घिसिंङ अन्तर हिर्दयबाट
निस्केको पवित्र शब्द पनि गोर्खाल्याण्ड
हो तर आज बिपकक्षीहरुले यसलाई
मागी खाने भाडो बनाएको आरोप
लगाए | तपाई हामी पहाड बचाउनु
जाग्नु पर्छ ,संबिधानमा पास
भईसकेको छैटौं अनुसूची तपाई हामीले
लागु गराउनु पर्छ र दशैँ र तिहार
पछि गोरामुमोले बृहत रुपमा
आन्दोलन गर्ने उनले बताए | तर
आज गोजमुमोले ११वटा जातिलाई
जनजाती बनाउछु भन्दैछौ त्यो
चै के छैटौ अनुसुची होइन भनि
प्रश्न राखे यदपि गोजामुमुले
११वटा जातिलाई पनि जनजाति बनाएर
देखाऊ हामी हेर्छौ भनि प्रश्न
राखे | हामी झोडा र नाला बनाउनु
निस्केको पार्टी होइन भन्दै
गोरामुमो जाति र अस्तित्वको
उथान निम्ति निस्केको पार्टी
हो भन्दै प्रत्येक आइतबार
गोरामुमोले दागोपाप फर्काइ ल्याउने
मांग गर्दै पथ सभा चारै तिर
गर्ने देवानले बताए |

Post a Comment
We love to hear from you! What's on your mind?