मङपु युथ बोईज क्लबको आयोजनमा
सम्पन्न भईरहेको मङपु गोल्डकप
फुटबल टुर्नामेन्ट प्रथम क्वाटर फाइनलको
रोमान्चक खेलमा आज एसएपी. सिलगडीले
ट्राईबेकरमा केएफसी सिलगडीलाई
पराजित गरि सेमीफाईनलमा प्रवेश
गरेका छन | आज मङपु जनमैदानमा
सम्पन्न भएको निर्धारित ९०
मिनटको खेलामा दुई दलले गोल
गर्ने थुप्रै मौका पाएता पनि
कुनै गोल गर्न सकेनन् | अन्त्यमा
ट्राईबेकरमा २को विरुद्द ४
गोल गरि एसएपी. ब्रिगेड सिलगडी
सेमिफाईनलमा प्रवेश गरेका
छन | आजको खेलमा एसएपी. ब्रिगेड
सिलगडीका गोलकिपरले ट्राईबेकरमा
उत्कृष्ट प्रदर्शन गरेर गोल
रोक्न सफल भएको कारण नै एसएपी.
ब्रिगेड सिलगडी सेमीफाईनल
पुग्न सफल बने | भोली आइतबारको
दिन दोश्रो क्वाटरफाईनल खेल शेरएफसी
कलेबुंङ अनि बिर्तामोड एफ.सी
नेपाल माझ दोश्रो भीडन्त
हुनेछ | उक्त खेल हेर्नको निम्ति
सम्पूर्ण खेलप्रेमी दर्शकवर्गमा
मङपु युथ बोईज क्लबको हार्दिक
स्वागत गर्दछ |
मङपु गोल्ड कप | एसएपी सिलगडी सेमीफाइनलमा प्रवेश
11Oct2014
Post a Comment