मङपु २९ अक्टुबर(केशर मोक्तान): देशका प्रधानमन्त्री नरेन्द्र मोदी द्वारा जारी गरिएको स्वच्छ भारत अभियान योजनालाई साकर पार्न आज देखि मङपुको विभिन्न ठाउमा सफाई अभियान शुरु गरियो | आज गोजयुमो मङपु लाब्दा समष्टि अनि मङपू युथ बोइज क्लबको नेतृत्वमा स्थानीय मङपु जनमैदान परिसर अनि मङपु सरस्वती कन्या बिधालय परिसरमा साफसफाई गरियो | २६ अनि २७ अक्टुबर मङपू बार्षिक दिपवाली खेलकुद अनि मेलाको कारण यस क्षेत्र मैला थियो भने आज उक्त क्षेत्रमा युवाहरुले साफसफाई गर्दै मैला कुचेलालाई जलाउने कार्य गरे | आजको यस साफसफाई अभियान कार्यक्रममा गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्र समिति सदस्य उर्गेन शेर्पा,युवा मोर्चा सभापति बिज्ञान मिश्र, दाडुप्लालेयु सचिव गगन राई, लगायत गोजामुमो मङपु जोनका पार्टी कार्यकर्ता साथै मङपु बोईज क्लबका युवाहरु उपस्थित थिए | आगामी दिनमा प्रत्येक आइतबार मङपु रेसेप बजार नालीडाड़ा अनि अन्य ठाउमा युवा मोर्चाले साफ सफाई अभियान जारी राख्ने साथै पर्यावरण साथै आ आफ्नो परिसर साफसफाई राख्नको निम्ति सबैलाई जागरुक गराउदै सचेतनामुलक कार्यक्रम राखिने जानकारी युवा मोर्चा केन्द्र समिति सदश्य उर्गेन शेर्पाले जनाए |
अर्कोतिर प्रधानमन्त्रीद्वारा जारी गरिएको स्वच्छ भारत अभियान योजनालाई साकार रुप दिन २८ अक्टुबर २०१४ को दिन स्थानीय सरस्वती बिधालयले पनि स्वच्छ भारत अभियान दिवश पालन गरियो | सरस्वती उच्च माध्यमिक बिधालयले उक्त अभियानलाई मुर्त रुप दिन समग्र शिक्षक शिशिका तथा बिधार्थीवर्गले खुबै जोश र जागरको साथमा पाठशाला परिसर सफाई गरे | यस पाठशालाले बर्षको शुरु देखि नै परिवेश स्वच्छ राखौ योजनालाई बिधालयकै दैनिक कार्यक्रमसंग गरि आएको हुनाले प्रधानमन्त्री मोदीको स्वच्छ भारत अभियानलाई अग्रिम रुपमा स्वीकारेको जानकारी बिधालयका प्रध्यापिका देवीका तामांङले दिएका छन |
यसै अभियान अन्तरगत २८ अक्टुबरको दिन रङबी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालयको प्रगनमा बिधालयका प्रधान अध्यापक बीके गुरुङ साथै शिक्षक शिक्षिकागण लगायत अशिक्षण कर्मचारीहरुको उपस्थितिमा देशको प्रधानमन्त्री दवारा संचालित स्वच्छ भारत अभियान कार्यक्रम बिहान ९.३० बजे देखि प्रधान अध्यापकको सम्भाषणद्वारा सम्पन्न गरियो | सहशिक्षक सुजीत तामांङदवारा संचालित कार्यक्रममा प्रधानअध्यापकले बिधार्थीवर्गलाई स्वच्छ भारत अभियानको औचित्य बारे औगत गराउदै भने की हाम्रो देशको प्रधानमन्त्री ले संचालन गरेको यस कार्यक्रममा आज हामी स्वयम् भागीदारी बनेर देशको कुना कन्दरा तिर पनि स्वच्छ वातावरणको माहोल बनाएर देशको स्वच्छ अनि स्वास्थ्य नागारिक बनिन हाम्रो निम्ति गौरवको कुरो हुनेछ भन्दै कार्यक्रममा सिस्टर निबेदिताको जन्मदिनको औचित्य बारे सबैलाई बताए |यसरी बिधार्थी साथ साथै बिधालयका शिक्षक शिक्षिकावर्गले पाठशाला परिसर अनि दोकानडाड़ा,गुम्बा डाडा कोठीधुरा आदि क्षेत्रहरुमा साफसफाई गरे |

Post a Comment
We love to hear from you! What's on your mind?