स्वच्छ भारत अभियान अन्तर्गत
गोजामुमो लाब्दा मङपु समष्टिको
नेतृत्वमा कटवाल गोलाई देखि
नालीडाड़ा फाटक सम्म साफसफाई
गरियो | आज गोजामुमो लाब्दा मङपु
समष्टि जीटीए बन बिभाग कार्यकारिणी
सभासद रतन थापा स्वयम् झाडु
अनि बेल्चा लिएर चार घण्टा
सम्म साफसफाई गरे | सभासद थापाको
साथमा गोजामुमो मङपु जोन सभापति
प्रदीप छेत्री,सचिव रतन लामा,युवा
मोर्चा सभापति बिज्ञान मिश्र,सचिव
बिकाश गुरुङ अनि पार्टीका अन्य
कार्यकर्ताहरु उपस्थित रहेर
साफसफाई गरे | आजको साफसफाई अभियानमा
सरस्वती उच्चतर माध्यमिक बिधालय
अनि शारदा उच्च माध्यमिक बिधालयका
छात्राहरुले पनि साथ दिएका थिए | देशलाई
नै स्वच्छ बनाउने नरेन्द्र
मोदीको अभियानलाई सफल पार्न
नै जीटी क्षेत्रभरि सफाई अभियान
चलिरहेको छ भने यसै अभियान
अन्तर्गत आज गुरुनानक जन्मजयन्ती
शुअवसरमा मङपु क्षेत्रभरि
साफसफाई गरियो | क्षेत्रको साफ
सफाई गरेर आफ्नो ठाउँ स्वच्छ
राख्नुपर्ने जिमेवारी प्रत्येक
नागरिकमा हुनु पर्ने कुरो क्षेत्रीय
सभासद रतन थापाले बताउदै यस
क्षेत्रमा ड्यामपिङ ग्राउण्डको समस्या रहेको कारण ड्यामपिङ ग्राउण्डको निर्माणको निम्ति
चाडै नै सिन्कोना बिभाग सित
एक जमीन माग्ने कुरो सभासद
थापाले बताए | यसरी आगामी १४
नोभेम्बर बालदिवशको दिन नालीडाड़ा
अनि मङपु अस्पताल परिसर साफ
सफाई गरिने जानकारी गोजामुमो
मङपु जोन सभापति प्रदीप छेत्रीले
दिए |

Post a Comment
We love to hear from you! What's on your mind?