मोबाईलमा एटीएम नम्बर माङदै ब्यांकबाट पैसा चोर्ने क्रम मङपुमा पनि

cyber bank crime
म भारतीय स्टेट ब्यांकको व्यवस्थापक बोलेको अनि हजुरको नाम अनि ब्यांक एकाउन्ट नम्बर यस्तो हो भनेर बताउदै मङपुमा पनि धेरै जनाको ब्यांक खाताबाट पैसा चोर्ने गरेको घटना अघि आएको छ | पहिले ०८७५७७९०००९ (8757790009)बाट फोन गरेरे म एसबीआईको व्यवस्थापक बोलेको भन्दै खाताधारी व्यक्तिको नाम अनि ब्यांक एकाउन्ट नम्बर हजुरको यस्तो हो र तपाईको एटीएम नम्बर ल्याप्स  भएको छ र आज नै परिवर्तन गर्न पर्छ अनि हजुरुले यो चार  नम्बर लेख्नुहवस् भन्दै नयाँ चार नम्बर दिएर ती साईबर गिरोहले ब्यांक उपभोक्तवर्गको  पुरानो एटीएमको चार वटा नम्बर कोड मांग्दै  खाताधारी व्यक्तिको रकम नेट ब्यांकीङबाट नै लाखौं रुपिया चोर्ने गरेको र क्षण भरमा नै ब्यांकको खाता शुन्य बनाएको घटना अघि आएको छ | शहर बजार हुदै हाल गाउँबस्तीका सोझा जनता माझ पनि यस्ता साईबर क्राइमको रगरगी बढ्न थालेको छ | बिशेष भारतीय स्टेट ब्यांक एसबीआईका खाता धारीबाट नै यस प्रकारको पैसा लुट्ने गरेको जान्नमा आएको छ | ती साईबर गिरोहले “भीएम- एसबीआई” लेखेको मेसेज बक्समा पनि एटीएमको नयाँ नम्बर  दिदै पुरानो नम्बर उपभोक्तवर्गलाई माग्ने गरेको थाहा लागेको  | यधपि यस्ता घटना किन भारतीय स्टेट ब्यांकमा मात्र  हुदैछ सबैमा प्रश्न खट्किन थालेको छ | उक्त बिषयमा भारतीय स्टेट ब्यांक व्यवस्थापक संग सम्पर्क राक्दा उनीहरुले यस्ता इन्टरनेट साईबर क्राइमलाई रोक्न नसकिने बताउदै सम्पूर्ण ब्यांक उपभोक्तावर्गले आफै सचेत बनेर कसैलाई पनि एटीएम नम्बर मागे चारवटा नम्बर भएको एटीएम नम्बर नदिने एसबीआई व्यवस्थापकले अपील गरेका छन | मङपुमा १० जना भन्दा ज्यादा उपभोक्तावर्गको  खाताबाट लाखौं रुपिया यी साईबर क्राइम गर्ने गिरोहले पैसा लागि सकेको थाहा लागेको छ यसैले सबिले सचेत बनेर आ - आफ्नो शाखा ब्यांक गएर मात्र ब्यांकको लेनदेन गर्ने समय आएको छ |

म भारतीय स्टेट ब्यांकको व्यवस्थापक बोलेको अनि हजुरको नाम अनि ब्यांक एकाउन्ट नम्बर यस्तो हो भनेर बताउदै मङपुमा पनि धेरै जनाको ब्यांक खाताबाट पैसा चोर्ने गरेको घटना अघि आएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.