मङपुमा जीटीएले जुस कारखाना निर्माण गर्ने

GTA to establish Orange juice factory in mungpoo
मङपु८मार्च(केशर मोक्तान): हिज दार्जीलिंङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन प्रतिनिधि टोलिले दार्जीलिंङ भानु भवनमा जीटीए प्रमुख बिमल गुरुङसित भेट गरि सिन्कोना बगानको बिविद समस्यालाई लिएर वार्तालाप गरे | उक्त भेटवार्तामा  दतडुप्लालेयु सिन्कोना जोन सचिव गगन राई,जीटीए सभासद गोपाल रुचाल,सिन्कोना बगान निर्देशक डा.सामुएल राई,जीटीए सचिव किरण लोहार,मोर्चा मङपु जोन सचिव लगायत पार्टीका अन्य प्रतिनिधिवर्ग उपस्थित थिए | दतडुप्लालेयु सिन्कोना जोन सचिव गगन राईले जनाए अनुसार सिन्कोना बगान श्रमिकवर्गको बढ़पैसाको निम्ति युनियनले राज्य सरकार संग थुप्रै चोटी मांग गर्दै आएता पनि हाल सम्म बढपैसा नपाएकोले अन्त्यमा आएर जीटी कोषबाट उक्त कोष हिज मात्र जीटीए चिफ बिमल गुरुङद्वारा अनुमोदन गरिएको राईले जनाए | यसरी हिजको भेटमा सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको मोडल हाउस नवनिर्माण सम्बन्धमा यूनियनले कुरा राख्दा जीटीए प्रमुखले उक्त बिषयमा मोडल हाउस नवनिर्माण सम्बन्धि पनि चाड़ै पहल गर्ने बताए | यसरी मङपुको जनता सिन्कोना संगै सुन्तला खेती माथि पनि आश्रित रहेको कारण यहाँका  कृषक दाजुभाईको सुबिस्ताको निम्ति जीटीए द्वारा मङपु क्षेत्रमा २ कड़ोरको लागतमा चाड़ै नै एक जुस कारखानाको नवनिर्माण गर्ने आश्वासन जीटीए प्रमुख बिमल गुरुङले दिएको युनियन सचिव राईले जनाए | जीटीए द्वारा मङपु सिन्कोना कारखाना नवनिर्माणको निम्ति ७ कड़ोर १४ लाख रुपियाँ अगावै अवानटीट गरिएता पनि उक्त नवनिर्माण कार्यलाई ब्यवारिक रुपमा चाड़ै नै टेण्डर गरेर कार्य गर्ने जानकारी पनि जीटीए प्रमुखले सभामा बताए | यस्तै गरि सिन्कोना बगानले १५० बर्ष पुरा गरेको सुअवसरमा जीटीएद्वारा छुट्टै फण्ड लिएर धुमधामले खुसियाली मनाउदै चाडै नै जीटीएले जुब्ली पालन गर्ने पनि सभामा निर्णय लिएको जानकारी सचिव गगन  राईले पत्रकारहरुलाई जनाए | सभामा सिन्कोना बगान निर्देशक डा.सामुएल राई,जीटीए बनबिभागका कार्यकारिणी सभासद रतन थापा,सिन्कोना बिभाग  सभासद सामुएल गुरुङ,जीटीए सिन्कोना बिभाग कार्यकारिणी सचिव डा.जी.सी सुब्बा आजको सभामा उपस्थित थिए | यसरी आगामी २६ मार्चको दिन जीटीए प्रमुख बिमल गुरुङले मङपु अनि सिटोङलाई जोड़ने जोगीघाट स्टील ब्रिजको उद्घाटन गर्ने भएको छ | उक्त दिन नै मोर्चा प्रमुख बिमल गुरुङले रयांग अनि सिटोङलाई जोड्ने बाटोको पनि उद्घाटन गर्ने जानकारी मोर्चा मङपु जोन सचिव रतन लामाले बताएका छन | संबिधानमा  भएको धारा अनुसार राष्टिय सुरक्षाको चिन्हारी  बिषय रहेको पनि लामाले जनाए | राजनैतिक हक भन्दा भन्दा ज्यादा जाति सुरक्षा र माटोको चिन्हारी रहेको जनाए | हिजको सभामा अध्यक्ष बिमल गुरुङले चाडै नै सिन्कोना कारखानाको निम्ति ७ कड़ोर १४ लाख रुपियाँ अवानटित गरिएको जनाए |
 

हिज दार्जीलिंङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन प्रतिनिधि टोलिले दार्जीलिंङ भानु भवनमा जीटीए प्रमुख बिमल गुरुङसित भेट गरि सिन्कोना बगानको बिविद समस्यालाई लिएर वार्तालाप गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.