एनएचपीसी द्वारा कस्तुरी एमएसकेमा नयाँ भवन निर्माण शुरु

NHPC to construct Kasturi MSK in mungpoo
मङपु७मार्च(केशर मोक्तान): १९९२ सालमा स्थापित मङपुको एक शैक्षिक संस्थान कस्तुरी माध्यमिक शिक्षा केन्द्र(एमएसके)को शिलान्यास ५ मार्चको दिन एनएचपीसी टिस्टा जलबिधुत परियोजना चरण तीनका मुख्य अभियन्त प्रभारी एस. अधिकारीको बाहुलीबाट गरियो | बिधालयका सहशिक्षक दिलीप शर्माले संचालन गरेको समारोहका अध्यक्ष सुरेन छेत्री रहेका थिए | शिलान्यासमा स्वागत सम्भाषण राख्दै विधालयका प्रधान अध्यापक देवदास राईले बिधालय भवन नव निर्माणको  निम्ति थुप्रै ठाउँमा कागजपत्र  चलाएता पनि अन्त्यमा आएर एनएचपीसी द्वारा  यस बिधालय भवन निर्माण हुन लागेकोले एनएचपीसीलाई आभार व्यक्त गरे | यसरी एनएचपीसी टिस्टा जलबिधुत परियोजना चरण तीनका मुख्य अभियन्त प्रभारी एस अधिकारीले एनएचपीसीले यस क्षेत्रमा धेरै वटा बिकाश कार्य गर्दै आईरहेको बताउदै एनएचपीसीको समाजिक कोषबाट नै यस बिधालय भवनको निर्माण हुन् लागिरहेको बताए | उक्त कस्तुरी एमएसके भवनको वनिर्माण एसएस कन्स्ट्रक्सनद्वारा हुन लागि राखेको छ | बिधालय भवनको शिलान्यास कार्यक्रममा गोजामुमो मङपु जोन सभापति प्रदिप छेत्री,सचिव रतन लामा,दातडुप्लालेयु सचिव गगन राई लगायत एनएचपीसी अधिकारी मुखिया.एन.भद्रसिङ,तिवारी,इन्द्रनिल च्याटरजी लगायत सिन्कोना बगान अमीन गंगाप्रसाद बराईली लगायत गाउँकै बयोवृद्ध समाजिक व्यक्तित्व उपस्थित थिए|

१९९२ सालमा स्थापित मङपुको एक शैक्षिक संस्थान कस्तुरी माध्यमिक शिक्षा केन्द्र(एमएसके)को शिलान्यास ५ मार्चको दिन एनएचपीसी टिस्टा जलबिधुत परियोजना चरण तीनका मुख्य

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.