खोरीबारी थाना प्रभारी डी गजमेरले जनाए अनुसार आज बेलुकी ४ बजे बतसी रोड स्थित पानीट्यांङकी पुलिस पोस्ट अन्तर्गत सरकार मेडिकलबाट पुलिसले नक्सलबारी निवासी रेजाक सरकार ४६ लाई ड्रग्स सहित पक्राऊ गरेको छ | पुलिसले जनाए अनुसार उक्त दोकानको मालिक रेजक सरकारले धेरै दिन देखि उक्त पसलबाट ड्रग्स बिक्री गरिरहेको जान्नमा आएको छ | पुलिसले आज छापा मारेर राजोक सरकारको मेडिकल पसलबाट निट्रोसम ४० ट्युबवेल,एस्कफ कफसिरफ ७३ बतल,स्पासमो प्रोकसिवान टेब्लेट ४ स्ट्रीप ९६वटा,bफेनेरगण टीटी ५० वटा, ल्युपीजेसिक टीटी ५० अनि अन्य थुप्रै ड्रग्स जफत गरेको छ | रजोक सरकार धेरै दिन देखि ड्रग्स ब्यापारमा लिप्त रहेको पुलिस सुत्रले जनाएको छ | सरकारलाई आज पुलिस कस्टडीमा राखिएको छ भने भोली कोर्ट चलन गरिने छ अनि उनलाई आईपीसी धारा ड्रग्स एण्ड कस्मेटिक एक्टको मुद्दा दर्ता गरिएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?