केशर मोक्तान: मिरिक खण्ड अन्तर्गत पर्ने टिङलिङ, तोङलाङ अनि मेची ५४ धुराका पैह्रो पीडितहरुलाई सहयोग गर्न मङपु रेसेप ग्राम पंचायत अन्तर्गत रङबी विभागका ११ वटा सेल्प हेल्प ग्रुप अघि आएको छन | मगलबारको दिन भूपू आर.पी. नीरु गुरुङको नेतृत्वमा सनराईज, जीवनज्योति, हिमगिरी, मगल प्रिय, कन्चनजंगा, अमरदीप, प्रयास,प् रगतिसंघ, आस्था, मंगलमेहरा एसएचजी ग्रुपको टोली मिरिकमा पुगी पैह्रो पीडित परिवारलाई ११ बोरा चामल, १०किलो दाल,१२ वटा कोकाकोला, 2 कार्टुन मिमि, १ कार्टुन बिस्कुट; लुगाफाटा र अन्य खाध्य सामग्री लगायत तीस हजार रुपियाँ पैह्रो पीडित परिवारलाई सुम्पिएको जानकारी सेल्फ हेल्प ग्रुपका प्रतिनिधि अनुप गुरुङले दिएका छन | पैह्रो पीडित परिवारसंग एसएचजी ग्रुपका सदश्य अनुप गुरुङले कुराकानी गर्दा उनीहरु हालमा खानेकुराको अभाव नरहेता पनि बस्ने घरको जग्गा जमीनको अभाव रहेको कारण दुख कष्ट झेल्दै प्राथामिक पाठशाला अनि सार्वजनिक भवनमा बसिरहेको र सौचालयको ब्यावस्था सठीक नभएको गुनासो व्यक्त गरे | यसरी घर जमीन विहिन पैह्रो पीडित परिवारलाई सरकारले चाडो पुर्नबासको व्यस्था गरिदिने मङपुबाट सहयोग गर्न गएका ११वटा एसएचजी ग्रुप सद्श्यहरुले मांग गरेका छन |

Post a Comment
We love to hear from you! What's on your mind?