मङपु२७सेप्टेम्बर(केशर मोक्तान): गत २५ सेप्टेम्बर २०१५ को दिन
बिहान ठीक ९ बजे उसो सिन्कोना
निर्देशालय मङ्पुको सभा गृहमा
सिन्कोना बगानका चारै युनिट
मङ्पु, मन्सोंग, रोंगो अनि लाटपन्चरका
व्यवस्थापकवर्ग क्रमशः श्री
एन. के. बराइली, श्री धनदेव मुखिया,
श्री जेसव सादा, श्री टी.बी.
बराइली रिसर्च विभागका वनस्पति
रोग विशेषज्ञ श्री मदन मुखिया,
१५ वटा विभागका सम्पूर्ण गेंगमेन,
चप्राशी अनि सिन्कोना अधिनस्थ
खरसाङ अम्बोटिया अनि एन्सलगन्ज
टुंगका कर्मचारीवर्गको तेस्रो
कार्यशाला निर्देशक डा. सामुएल
राईको निर्देशनमा सम्पन्न
गरियो I कार्यशालामा गत ६ महिनामा
गरिएको कार्यको लेखाजोखा लिइयो
I दोस्रो कार्यशालामा राखिएको
लक्ष्य पूरा गर्नु नसक्ने विभागहरुलाई
सबैको अघि आफ्नो लक्ष्य पूरा
गर्नु नसकेकोमा सम्पूर्ण विवरण
मागियो I त्यसपश्चात आउने ६
महिनाको निम्ति फेरि लक्ष्य
तोकिएको छ जसलाई आउने एप्रिल
२०१६ मा सम्पूर्ण विभागहरुबाट
लेखाजोखा लिइनेछ I सम्पूर्ण
कर्मचारीहरुलाई आफ्नो लक्ष्य
सठीक ढंगले पूरा गर्ने निर्देश
निर्देशक महोदयले कडा आदेशमा
दिएको छ I यदि कसैले यसको कार्यबहन
सठीक रुपले नगरेको खण्डमा कार्यवाही
पनि गरिने संकेत दिएको छ I यसो
गर्नुको मूल उदेश्य बगानलाई
सठीक ढंगमा संचालन गरी यसलाई
शिघ्र मुनाफा कमाउने विभागमा
परिणत गर्नु हो जसले सर्वप्रथम
सिन्कोनावासीहरुलाई नै सोझो
फाइदा पुग्नेछ I बगान ठीक हुँदा
जी. टी. ए. को पनि प्रसंशा हुनेछ
किनकि सिन्कोना निर्देशालय
जी. टी. ए. को एउटा अभिन्न अंग
हो भनि बिज्ञप्तीमा जनाएको
छ/
निर्देशक डा. सामुएल राईको
विचारमा यसरी बगानको मुख्य
५ वटा खेतीहरुमा गत ६ महिनाको
कामको परिणाम अनुसार पुरस्कार
दिनु केवल निर्देशालायको कर्मचारीहरुलाई
अनि समस्त श्रमिकहरुलाई आफुले
गरेको कामहरुमा प्रोत्साहन
दिनुलाई हो I यस कार्यलाई समस्त
बगान अनि कार्यालय कर्मचारीहरुले
निर्देशक महोदयको सराहनीय
कदम भनी बताएका छन् I
दोस्रो कार्यशालामा लक्षित
कार्यलाई प्रशंसनीय रुपले
पूरा गरे वापत सिन्कोना खेती
विस्तारमा रङ्वी विभाग, ईपिकेक
नर्सरी खेतीको विस्तारमा मङ्पु
विभाग, रबर बगानको खेतीमा गैरीबाँस
विभाग, सुन्तलाको खेतीमा सिटोंग
विभाग अनि जंगली विस्तारमा
बर्मेक विभागलाई क्रमशः रुपमा
प्रथम स्थानको पुरस्कार निर्देशक
महोदयको बाहुलीबाट प्रदान
गरियो I यसमा मुख्य निर्णायक
श्री अनिरुद्र रावतका सहयोगी
निर्णायक श्री दीप थापा, निमादोर्जी
योन्जन अनि अन्जु तामाङ थिए
I सिन्कोना निर्देशालयले बगानका
मजदुर कर्मचारीवर्गलाई आफ्नो
सेवामा प्रोत्साहन साथै आफ्नो
दायित्वबोधको निम्ति यस प्रकारको
संस्कारको शुरु गरेको हो I

Post a Comment
We love to hear from you! What's on your mind?