मिडिया पार्टनर हिमालयदर्पण
रहेको मङपु युथ क्लबद्वारा
आयोजित मङपु गोल्ड कप फुटबल
टुर्नामेन्ट ( Mungpoo Gold Cup Football Tournament ) को आरम्भ आगमी
११ अक्टुबर २०१५ आइतबारको दिन
देखि हुनेछ | मङपु जनमैदानमा
सम्पन्न हुने उक्त फुटबल टुर्नामेन्टमा
यसपल्ट १४ वटा दलहरुले अंशग्रहण
गरेका छन | जसमा गतबर्षको च्याम्पियन
दल बिर्तामोड झापा ११,नाईट चेस
क्लब नेपाल, ३/११ गोर्खा राईफल्स
लखनाऊ,कुचबिहार मिन्सीपलिटी, सिनाल्चु
नाम्ची सिक्किम ,के.एफ सी सिलगडी, रोयल
एफसी सिलगडी, शेर फुटबल क्लब
कालेम्पोङ, सुपर स्टार दार्जीलिङ
जस्ता नामी टीमहरुले अंशग्रहण
गरेका छन | मङपु युथ क्लबद्वारा
आयोजित मङपु गोल्डकप फुटबल
टुर्नामेन्टको फाईनल खेलको
बिजय दललाई नगदराशी एक लाख
सहित ट्रफी अनि पराजय दलललाई
५० हजार सहित ट्रफी प्रदान
गरिने आयोजक संघका सचिव मन्जय
गुरुङले जानकारी दिएका छन |

Post a Comment
We love to hear from you! What's on your mind?