आगमी ३ अनि ४ अक्टोबरको दिन
प्रम पावन ख्येन रिम्पोछे लाब्दा
स्थित दोङाग छ्योलिङ (Donga Choeling Baudha Gumba, Labdah ) सार्वजनिक
बौद्ध गुम्बामा आगमन हुने तय
भएको छ | मंग्पूका विभिन्न विभागहरु
लगायत समिप्वर्ती क्षेत्रहरुमा
छरिएर बसेका मणिपा संघ, साथै
सम्पूर्ण जनमानसमा भगवान बुद्धको
ज्ञान अनि शान्ति संदेश दिन
वहाँ २ अक्टोबर बेलुकी आगमन
हुने कार्यक्रम छ | सम्पूर्ण
मानिपाहरुलाई माणीको आध्यात्मिक
ज्ञान दर्शन ग्रहण गर्न साथै
जसले अगावै ग्रहण समाप्त गरी
अर्पण गर्न इच्छुक अनि धर्म
शिक्षा ग्रहण गर्न चाहनेहरु
सम्पूर्णलाई लाब्दा गुम्बा
जानकारी साथ हार्दिक निमन्त्रण
गर्दछ | २ अक्टोबरको दिन आधय्त्मिक
ज्ञान दर्शनको ग्रहण एवम अर्पण
साथै धर्म दिक्षा ग्रहणको कार्यक्रम
हुनेछ भने ४ अक्टुबरको दिन
सम्पूर्ण भक्तजनलाई अभिषेकको
कार्यक्रम हुनेछ | दुवै दिन
रिम्पोछेबाट विशिष्ट विषयमा
प्रवचन पनि हुने जानकारी गराउंदै
सबैलाई कार्यक्रममा अंशग्रहण
गरी यस आधय्त्मिक अनुष्ठानबाट
आशिर्वाद ग्रहण गर्न हार्दिक
निमन्त्रण गर्दै कार्यक्रम
संयोजक किरण पाख्रीन अनि गुम्बा
सचिव प्रकाश मोक्तानले विज्ञप्ति
मार्फत जनाएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?