स्टेट ब्यांक अफ इण्डियाले
मङपु सीएसपी (State Bank of India, Mungpoo CSP ) उपभोक्ता केन्द्र
(एसबीआई) का खाताधारीहरुलाई
५० हजार देखि ५ लाख सम्मको ऋण
दिने भएको छ | प्रधानमन्त्री
मुद्रा धन योजना अन्तर्गत उक्त
ऋण बितरण गरिने ब्यांक अधिकारीले
जनाएको छ | यसरी स्थानीय ब्यापारीवर्गलाई
ऋण बिषय जानकारी गराउन अनि
ऋण लिन चाहने उपभोक्तावर्गको
कागज पत्र अनि दोकानको जाँच
गर्न बिहीबारको दिन स्टेट ब्यांक
अफ इण्डिया दार्जीलिङ शाखाका
लोन सेक्सन फिल्ड म्यानेजरले
मङपुका ब्यापारीवर्गसित भेट
गरे | मङपु(एसबीआई) सीएसपी उपभोक्ता
केन्द्रका प्रोपराईटर भवाना
मोक्तान अनि पवन तामाङको अगुवाईमा
उक्त ऋण ब्यापारीवर्गलाई प्रदान
गरिने भएको छ | स्टेट ब्यांक
अफ इण्डियाका अधिकारीले जानकारी
दिए अनुसार आगामी हप्ता सम्म
पनि मङपुका ब्यापारीवर्गले
उक्त ऋण लिन सकिने बताउदै
ऋण लिन चाहने यहाँको ब्यापारवर्गको
कागजपत्र जाच गर्न अनि दोकान
हेर्न स्टेट ब्यांक अफ इण्डिया
दार्जीलिङ शाखाका लोन सेक्सन
फिल्ड म्यानेजर आगमी हप्ता
फेरी मङपु आउने भएको छ |

Post a Comment
We love to hear from you! What's on your mind?