दिनांक
५ अक्टुबरको दिन आम्दो किदु
हल, बाहुन बस्ती दार्जीलिंगमा
" मैत्रीय टोदीकाली बौद्ध
शिक्षा केन्द्र (निङमा) सम्प्रदायका
केन्द्रीय समितिको सभा टुल्कु
कुन्साङ जिग्मे रिम्पोछे दार्जीलिंगको
प्रमुख संरक्षत्वमा सम्पन्न
भएको छ | विगत २७ अगस्तमा निमा
योल्मोको सभापतित्वमा गठन
गरिएको उक्त केन्द्रीय समितिमा
सचिवा पदमा यांग्जी धनमती मोक्तान
लेबुंग, कोषाध्यक्ष यांग्जी
शेर्पा, लेखापरिक्षक दावा योल्मो
सह सचिव विणा तामांग आदि रहेका
छन् | उक्त सभामा मैत्रीय टोदीकाली
बौद्ध शिक्षा केन्द्रबाट हालसम्म
तिब्बती भाषामा पठन - पाठन साथै
विभिन्न बौद्ध धार्मिक अनुष्ठान
संचालन साथै विश्व शान्ति कामनाका
पुजा गरिएको कार्यबारे सचिवा
धनमती मोक्तानले सभामा जानकारी
गराएका छन् | टुल्कु कुन्साङ
जिग्मे रिम्पोछेले यस केन्द्रका
आगमी दिनहरुमा अन्य शाखाहरु
खोलिने जानकारी दिंदै सम्पूर्ण
बौद्धमार्गीलाई भगवान बुद्धले
देखाएको मार्गमा हिड्ने आह्वान
गरेका थिए | सभामा तामांग, शेर्पा,
योल्मो सम्प्रदाय जो निंगमा
समुहका छन् उनीहरुको उपस्थिति
रहेको थियो | मंग्पूका सुरेन्द्र
थिङले उक्त केन्द्रलाई पंजीकरण
गरी आगमी दिनहरुमा यसका शाखा
प्रशाखाहरु खोल्नु पर्ने विषयमा
जोड दिएका थिए भने केन्द्रका
एउटा वेबसाइट खोली यु०एस०ए०,
दुबईतिर रहेका सदस्य - सदश्याहरुमा
जानकारी गर्न सकिने विचार पोखेका
थिए | अब आगमी दिनहरुमा सदश्य
- सदश्याहरुबाट सिक्किम परिभ्रमण
साथै गोरुबथान छोतेन पुजन कार्य
चाडै हुने जानकारी देवलाल मोक्तानले
दिएका छन् ||

Post a Comment
We love to hear from you! What's on your mind?