मङपू जन मैदानमा सम्पन्न
भइरहेको मङपू गोल्ड कप २०१५
को आजको म्याच ३/११ जीआर हिमाचल
(3/11 GR Himachal) बनाम युकेएफसी खर्सांग (UKFC Kurseong) माझ
सम्पन्न भयो | दुवै दलका अपार
समर्थकहरु बिच सम्पन्न आजको
खेलमा शुरु देखि नै दुवै
दलका खेलाडीहरुले विपक्षी
दलको गोल पोस्टमा बारबार आक्रमण
गरेका थिए | जोशपूर्ण खेलमा
समर्थकहरुको हौसला पाएर खेलाडीहरुले
उत्कृष्ट प्रदर्शन दिंदै दर्शकहरुलाई
अन्तिम सम्म नै मनोरंजन दिएका
थिए | गोल गर्ने प्रयासको क्रममा
खेल शुरु भएको २५ मिनट बित्दा
३/११ जीआरका खेलाडी जर्सी नम्बर
१८ हिमाल राईले गरेको एक गोलले
खेल झनै रोचक भएर गएको थियो
| मध्यान्तरपछिको खेलमा बारबार
कोशिश गर्दा पनि युकेएफसीले
गोल गर्न नसक्दा प्राय: जीआर
कै जीत हुने छाँट देखिएको
थियो भने खेल सकिने अन्तिम
दश मिनटमा युकेएफसीका खेलाडी
जर्सी नम्बर १७ प्रशान्त गुरुङले
एक गोल गर्दा दुवै दल बराबरीमा
आएको थियो | निर्धारित समयसम्म
पनि कुनै दलले थप गोल गर्न नसक्दा
खेल निर्णायकले पेनाल्टी शुटआउट
गराएका थिए जसमा ३/११ जीआर हिमाचल
बिजयी दल घोषित भएको छ | आजको
बिजयी दल आउँदो २ नवम्बरको
दिन बिर्तामोड नेपालसित क्वाटर
फाइनल खेल्नेछ भने भोलि अर्थात
१८ अक्टुबरको दिन १० एसएपी
(एनबीएपी) को रोयल एफसी सिलिगुडीसित
भिडन्त हुनेछ ||

Post a Comment
We love to hear from you! What's on your mind?